होलेरी- रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष घनबहादुर घर्तीले वडापालिका भित्रका सबै विद्यालयहरुलाई अतिरिक्त क्रियाकलापका लागि ३५ हजार नगद प्रदान गरेका छन्।
विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी बन्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले आफ्नो ब्यक्तिगत सेवासुबिधा मार्फत वडा ७ विद्यालयहरुलाई ५/५ हजारका दरले प्रदान गरेको वडा अध्यक्ष घर्तीले जानकारी दिए।उनले प्रदान गरेको रकमबाट सम्बन्धित विद्यालयहरुमा आयोजना हुने अतिरिक्त क्रियाकलापमा सहभागी भएर महत्वपूर्ण स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार दिइने छ।
वडा अध्यक्ध घर्ती बिगतमा लामो समय शिक्षण पेशामा आवद्ध रहेका जनप्रतिनिधि हुन्।शैक्षिक क्षेत्र सुधारका विभिन्न गतिविधिका शाथशाथै विद्यार्थीहरुमा पठनपाठनमा उत्साह जगाउन पनि आवश्यकता रहेको मध्ये नजर गर्दै स्वैच्छिक रुपमा सहयोग रकम हस्तान्तरण गरेको वडा अध्यक्ष घर्तीले बताए।
धेरै ठूलो रकम सहयोग गरेको छैन।हाम्रो वडाका कतिपय विद्यालयहरुका आफ्नै श्रोत छैन। त्यसैले भोलिका देशका कर्णधार विद्यार्थी भाईबहिनीहरुलाई अतिरिक्त क्रियाकलाप सहभागी बन्न र पठनपाठनमा हौसला र प्रोत्साहन मिल्ने अपेक्षा गरेको छु। विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउन प्रोत्साहन गरियो भने उनीहरुमा चौतर्फी क्षमताको बिकास हुन्छ।त्यही कार्यमा जोड दिने उद्देश्यले सहयोग हस्तान्तरण गरेको हुँ-वडा अध्यक्ष घर्तीले भने।
बिहिबार आयोजित एक कार्यक्रमबिच घर्तीले सम्बन्धित विद्यालयहरुलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्।
तस्वीर भरत के.सी.को फेशबूकबाट