ताजा अपडेट

कार्यालय ढिला आउँने कर्मचारीलाई पुस्प गुच्छा दिएर स्वागत गर्दै रुन्टिगढी ५ का वडा अध्यक्ष डाँगी

होलेरी- समाजमा परिबर्तन र सुशासन कायम गर्न आफूबाटै शुरूवातका अभ्यास गर्दै आएका रुन्टिगढी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीले कार्यालय ढिला आउँने कर्मचारीहरुलाई पुस्प गुच्छा दिएर स्वागत गर्न थालेका छन्।

मुलुकमा लामो संघर्षपछि प्राप्त लोकतान्त्रिक ब्यबस्थाको अवधारणा अनुसार जनतालाई केन्द्रमा राखेर जनप्रतिनिधिहरुले सेवा गरिनु पर्दछ।तर प्रायः जसो जनप्रतिनिधिहरुमा भने तलबाट माथीसम्म पुरातनवादी सोच र व्यबहारको पराकाष्ठा कायमै रहेको छ।लोकतान्त्रिक शासन प्रणालीमा जनताले आफ्नो मत फिएर चुनेका जनप्रतिनिधिहरुले आफूहरूकै लागि सेवा गर्नु पर्ने हुन्छ।जस अनुसार रोल्पामा जनताको सेवाका लागि रुन्टिगढी ५ का वडा अध्यक्ष डाँगीले हृदय खोलेर जनताका सेवामा लागि परेको देखिन्छ।शनिबार वडा अध्यक्ष जनश्रमदान कार्यक्रम अगाडि सारेका उनले प्रत्येक सनिवार जनतासंगै सामाजिक काममा श्रम गर्ने गर्छन्।यसरी आफूलाई सरल सावित गरेर जनताका मन जितेका वडा अध्यक्ष डाँगीले जनता काम गर्ने कर्मचारीहरुलाई ब्याङ्ग्यात्मक रुपले नैतिक जिम्मेवार बनाउँन थालेका छन्।बिहिवार आफ्नो वडा पालिकामा रहेको दुबिडाँडा स्वास्थ्य चौकीका एक कर्मचारीलाई कार्यालयमै पुगेर हातमा पुस्प गुच्छा अर्पण गर्दै उनले सर्वसाधारण जनताका सेवाका लागि कर्मचारीहरुले समयको ख्याल गर्नु पर्ने कुरा सिकाएका छन्।

कर्मचारीहरुलाई जिम्मेवार बनाउन कुनै ठाउँहरुमा दुर्व्यवहार गरेको देखिन्छ तर वडा अध्यक्ष डाँगीले भने सभ्य भएर पुस्प गुच्छा अर्पण गर्दै नैतिक प्रहार गरेका छन्।आफ्ना वडापालिकामा रहेका सबै सरकारी कार्यालयहरुमा समय-समया पुगेर कर्मचारीहरु र सेवाग्राहीहरुको बारे निगरानी गर्ने वडा अध्यक्ष डाँगीले जानकारी दिएका छन्।

यसका शाथै वडापालिका भित्रका कर्मचारीहरुले सेवाग्राहीहरुको सेवा गर्नलाई कुनै किसिमको समस्या भएमा वडा कार्यालयमा सम्पर्क गर्न पनि उनले अनुरोध गरेका छन्।जनताका सेवा गर्ने जिम्मेवारीमा रहेकाहरूले दिल खोलेर भरपुर सेवा गर्नु पर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस