होलेरी- रोल्पाको होलेरी बजारस्थित अतिक्रमीत देवि भगवती मन्दिरको जग्गा नापजाँच तथा मार्किङ्को काम थालनी गरिएको छ।
यस अघि गत पुस २६ गते बसेको सर्वदलीय सर्वपक्षीय बैठकले माघ १५ गते भित्र प्राबिधिक मार्फत मार्किङ गर्ने निर्णय गरिए पनि प्रक्रियागत समस्याका कारण २५ गते बिहिवार पुनः सर्वदलीय बैंककमार्फत प्राबिधिक झिकाएर नापजाँच कार्यको शुरूवात गरिएको छ।
देवि भगवती मन्दिरको जग्गा बिगतमा पनि नापजाँच गरिएको थियो।यद्यपि मन्दिर पुनर्स्थापनाको कार्य भने गरिएको थिएन।