ताजा अपडेट

नेता र जनताका जिबनस्तरमा असमानता:अभावमा जनता,नेता दाङको बसाई रुन्टिगढीको राजनीतिमा(भिडियो सहित)

होलेरी- रोल्पामा जनप्रतिनिधि,राजनीतिज्ञ र जनताका जिबनस्तरमा ठूलो असमानता देखिएको छ।जनता अभाव र समस्यासंग संघर्ष गरिरहेका छन् भने त्यही समाजका केही जनप्रतिनिधि र नेताहरूले परिवार सहित दाङ बस्दै महँगा विद्यालयमा छोराछोरी पढाएर परिबर्तन गर्ने आश्वासन सहित अझैपनी रोल्पाकै राजनैतिक भारी बोकिरहेका छन् रोल्पा रुन्टिगढी गाउँपालिकाका जनप्रतिनिधि,विभिन्न दलका नेताहरू तथा जिम्मेवार समाजसेवीको चर्चा गर्न गैरहेका छौँ।कुनै निजि जीवन बिताइरहेका ब्यक्तिहरुको सवालमा ब्यक्तिगत सवालमा टिप्पणी गर्दा अवाञ्छनिय हुनु स्वभाविकै हो।तर यहाँ प्रसङ्ग बहाल वाला जनप्रतिनिधि,राजनितीज्ञ र समाजसेवीहरु रहेको छ।

कुनैपनी समाजका जनप्रतिनिधि,राजनितीज्ञ र समाजसेवीहरु भनेका त्यो समाजका जिम्मेवार खम्बाहरु हुन्।स्थान बिशेश र उनीहरुले सेवा गर्ने सोच बनाएकाहरुसंग को असमान गतिविधि र जिबनशैलीले भने ठूलो प्रभाव पार्दछ।
किनकि समानता आउँने ब्यबस्था परिबर्तनको राजनैतिक आश्वासनमा रोल्पामा धेरैले आफन्त गुमाएका छन्।धेरै अंगभंग भएका छन् भने धेरैको खुसी आजिबन रुपमा हराएको छ।

जनताहरुको अवस्था हेर्ने हो भने दिनानुदिन गरिबीको रेखामुनि झरिरहेका छन्।गाउँ-गाउँमा वित्तीय संस्थाहरुको ऋणि नभएका सायदै कमै छन्।तर समाजका अगुवाई गर्ने नेताहरू भने दुर्गम गाउँहरुबाट होलेरी बजारमा अविसान महल ठड्याउनु संगसंगै दाङमा परिवार लगेर शुख सुविधा सहितको वातावरण राख्न सक्ने संगै छोराछोरीहरुलाई महँगा महगा निजि विद्यालयमा पढाउन सक्ने अवस्था कसरी आयो?

के सर्वसाधारण सबैले नेता जस्तो मिहेनत गर्न नसकेका हुन त?जनताका छोराछोरीलाई पढाउन अभिभावकहरुलाई हम्मे हम्मे परिरहेको छ।दिनमा ८ घण्टा मज्दुरी गर्दा पनि छोराछोरीलाई कापी कलम किनिदिन मुस्किल छ।के समाजका भविष्य बोकेका जनप्रतिनिधि र नेताहरूले आर्थिक रुपमा छलाङ मार्नु मात्रैलाई समाज समृद्धिको मानक मान्न सकिन्छ।समाजका नेतृत्व तथा अगुवाई गरिरहेका राजनीतिज्ञहरुको व्यबहार सामाजिक समानता र न्याय संवत छ?के परिवार लगेर दाङमा राखेका जनप्रतिनिधिहरु र नेताहरूले आफूले जिम्मेवारी लिएका सामाजिक जिम्मेवारी प्रभावकारी ढंगले निभाउन सकेका छन् त?
आज होलेरी खबरका प्रबन्धक निर्देशक नन्दराम खड्काले यसै बिषयमा होलेरी खबरको `द इस्यु अफ होलेरी´को विशेष शृङ्खला मार्फत यस क्षेत्रका जनप्रतिनिधिहरु,राजनीतिज्ञ र सर्वसाधारण जनताबिच रहदै आएको जिबनयापनको असमानताका बारे प्रतिक्रिया सहितको खोज सामाग्री तयार पार्नु भएको छ।

रुन्टिगढी गाउँपालिका वडा नं ६ स्थायी ठेगाना भएकी तुल्सी विश्वकर्माले २४ बर्षको कलिलो उमेरमै आफ्नो श्रीमान गुमाईन।मज्दुरी गरेर परिवार पाल्दै आएका उनका श्रीमान बामदेव विश्वकर्मालाई उपभोग्य सामाग्री किनमेल गर्न होलेरी बजार आएको समयमा माओवादी भएको आशंकामा तत्कालीन शाही नेपाली सेनाले गोलि हानी निर्ममतापुर्वक हत्या गर्यो।२०६१ शालमा यो घटना हुँदा मृतक बामदेव विश्वकर्मा र तुल्सी विश्वकर्माको घरमा २ बर्षे नाबालिक छोरी थिइन् भने तुल्सी गर्भवती थिइन्।त्यसको ४५ दिनपछि छोरा ठगेन्द्रको जन्म भएको थियो।तत्कालीन जनयुद्ध ताका अकालमै ज्यान गुमाएका उनलाई राज्यले सहिद घोषणा त गर्यो तर उक्त परिवारले हालसम्म घरको नाममा झुपडी समेत निर्माण गर्न सकिरहेको छैन।तुल्सी पुनले छोरा ठगेन्द्र विश्वकर्मालाई पढाउनै मुस्किल भएकाले घर बनाउन सक्ने अवस्थानै नरहेको दुखेसो पोखिन।

तर त्यही समुदायमा रुन्टिगढीको नेतृत्व गरिरहेका र राजनीति गर्नेहरू भने कसरी बजारमा घर निर्माण गर्ने देखि छिमेकी जिल्लासम्म परिवार ब्यबस्थापन गर्न सक्ने भए?

रुन्टिगढी गाउँपालिकाको दुर्गम गाउँ हालको वडा नं ६ गोदेका जन्मिएर उतै हुर्केर तत्कालीन माओवादी जनयुद्धमा होमिएका गोबिन्द पुन (नजर)ले होलेरी बजारमा पक्की घर ठड्याएर बसिरहेका छन्।सर्वहारा जनताका मुद्दामा जनयुद्ध लडेका नेताका बजारमा अविसान महल तर सर्वसाधारण परिवारको समस्या किन खस्कियो भन्ने प्रश्नमा आफूले जमानामै गाउँको घर बेचेर उक्त पैसाले बजारमा घर बनाएको माओवादी नेता पुनले जवाफ दिए।बर्षौँ पहिले गाउँको पुर्ख्यौली सम्पत्ति बिक्री गरेर ७५ हजारमा होलेरीस्थित हालको पक्की घर बनाएको स्थलमा घडेरी किनेको उनले बताए।आफू निरन्तर रुपमा संघर्ष गर्दै आत्मनिर्भरतामा जोडिदै आएकाले संभव भएको उनले तर्क गरे।

तर आफूहरूको राजनीतिले जनताका जिबनस्तर उकास्न नसकेको बिषयमा भने सापेक्षित ढंगबाट मात्रै हेर्नू उपयुक्त नहुने उनको भनाई छ।तर सर्वसाधारणको समस्या भने नेता पुनले गरेको तर्क भित्र मात्रै अटाउन सक्दैन।`सुबिधाको खोजीमा परिवार लगेर दाङ बस्ने तर रोल्पाकै राजनीति गर्नेहरुको बिषयमा भने नेताहरूको मात्रै कमजोरी नभएर जनताहरुको पनि कमजोरी रहेको उनले बताए।मैले पनि सुबिधाका परिवार दाङ लगेर जान सक्छु तर म यहीँ ठाउँमा राजनीति गर्न आउँछु भने जनताले बहिष्कार गर्न सक्नु पर्छ´-आफ्नो उदाहरण दिदै पुनले भने।

रुन्टिगढीको राजनीति र परिवार सहितको दाङको बसाईको चर्चा गर्दा सबैभन्दा पहिले स्थानीय तहका जनप्रतिनिधिहरुबाट शुरूवात गरौँ।बर्तमान रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुनको स्थायी ठेगाना रुन्टिगढी ७ खाक्सिबन भएपनी उनका धर्म पत्नी र छोराछोरी दाङ बस्दै आएका छन्।वडा अध्यक्षहरुको भने स्थायी रुपमा दाङ बस्दै आएको भने पाइएको छैन।त्यसपछि राजनैतिक दल तर्फ नेपाली काङ्ग्रेसबाट रुन्टिगढी अध्यक्षका आकाङ्क्षीहरु नेपाली काङ्ग्रेस रोल्पा जिल्ला सचीव तिलबहादुर बुढाथोकी र विभिन्न पदमा आवद्ध तेज बिक्रम रावत,धनबहादुर रसाइली लगाएतका नेताहरूको बसाइँसराई बाहेक स्थायी बसोबास भने दाङमै रहेको छ।त्यसैगरी नेकपा एमाले रुन्टिगढी गाउँ कमिटी अध्यक्ष अमराज बस्नेत पनि परिवार सहित दाङमै बस्दै आएका छन्।हिजो आज अध्यक्ष बस्नेत रुन्टिगढीमा राजनैतिक दौडधुपमा रहेका देखिन्छन्।

रुन्टिगढीका निबर्तमान पालिका अध्यक्ष बालाराम बुढा मगरको स्थायी बसोबास बिगत देखिनै रोल्पामै रहदै आएको देखिन्छ।रुन्टिगढी क्षेत्रका नेपाली काङ्ग्रेसका अगुवा नेता देबेन्द्र बोहरा पनि बिगत देखिनै स-परिवार भाडाको घर लिएर रोल्पामै बस्दै आएका छन्।तर नेपाली काङ्ग्रेसकै अगुवा नेता तथा २०७४ को स्थानिय तह निर्वाचनमा रुन्टिगढीका उम्मेदवार समेत रहेका टेकबहादुर बस्नेत भने दाङ बस्दै आएका छन्।बस्नेतको हालको राजनैतिक जिम्मेवारी काङ्ग्रेस पार्टीबाट लुम्बिनी प्रदेश सदस्य पद रहेको छ।

सर्वसाधारण जनताले हात मुख जुर्याउन कठिन परिरहदा समाजको मुहार फेर्ने आश्वासन र एजेन्डा लिएर निर्वाचित केही जनप्रतिनिधि र नेताहरूले सुबिधा सम्पन्न जिबन बिताइरहेकोप्रति रुन्टिगढीका कृषक,बुद्धिजिबी,युवा नागरिकहरु भने पिडामा छन्।परिबर्तनका लागि सबैभन्दा बढी दु:ख र पीडा सर्वसाधारणहरुले पाएको भएपनी सत्ता र शक्तिमा रहेका समाजका नेतृत्व गरिरहेकाहरुले आफ्नो परिवार सहित सेवा सुबिधामा रहेर जनजीवन उकास्ने बारे क्रियाकलाप नगर्नु सामाजिक अन्याय भएको उनिहरुको भनाई रहेको छ।विभिन्न तरिकाबाट आफूहरु मात्रै समृद्ध भएर छोराछोरीलाई महँगो विद्यालयमा पढाई रहेका जनप्रतिनिधि र नेताहरुबाट समाज रुपान्तरणको आशा गर्नु असंभव रहेको रुन्टिगढी ५ का अगुवा कृषक एवं बुद्विजिबी सुकबिर घर्ती बताउँछन्।`महा पुरुषहरु भनाई रहेको छ कि समाज परिवर्तन गर्नु छ भने शुरूवात आफूबाट गर्नुपर्छ।त्यस्तै सर्वसाधारणका नेतृत्व र सामाजिक भविष्य बोकिरहेका अगुवाहरूले नै यो समाजमा आफ्ना परिवार र बालबालिकाको भविष्य नदेखेर सुबिधा सम्पन्न जिल्ला लगेर बसाल्नु भयो।तर के उहाँका परिवारलाई जस्तै सेवा सुबिधा हामी बिपन्न सर्वसाधारणका परिवारलाई चाहिदैन?उहाँहरु साच्चिकै समाज परिवर्तनको मार्गमा भएको भए यहाँ पुर्वाधारहरु बिस्तार गरेर यहाँका सामुदायिक विद्यालयहरुको स्तर सुधारेर आफ्ना छोराछोरी जनता छोराछोरीसंग पठनपाठन गराउँन नसकेकै अवस्थाको उपज आजको यो परिस्थिति हो´-घर्तीले भने।परिवार लगेर सेवा सुबिधा सम्पन्न बाहिरी जिल्लामा राख्ने जनप्रतिनिधि तथा नेताहरूले कि सामाजिक जिम्मेवारी अर्कैलाई दिनु पर्ने कि त चुनाव ताका जस्तै जनताका घरदैलोमा पुगेर समस्या सम्बोधन गर्नु पर्ने शुझाव दिएका छन्।

त्यस्तै नागरिकका जिबनस्तर खस्किदो अवस्थामा रहेको र सत्ता र शक्तिमा पुगेका नेताहरूको जिबनस्तर दिनानुदिन फेरिदै जानू समाजका लागि अत्यन्त दुर्भाग्य रहेको रुन्टिगढी गाउँपालिका वडा नं ७ का यूवा भरत रोकाले गुनासो गरे।`गाउँमा दिनभरि मज्दुरी गरेर साझ चुलोमा आगो बाल्न नसकिने स्थिति छ।बिरामी पर्दा सिटामोल किनेर खान नसकिने सर्वसाधारणका नाजुक अवस्था छ।म पनि स्वदेशको मिहेनतले दैनिकी चलाउन गाह्रो भएपछि वैदेशिक रोजगारीमा पुगेर तातो घाममा दिनको १८ घण्टा काम गरेर भर्खरै फर्किएको छु।म जस्ता रुन्टिगढीमा धेरै युवायुवती भारत तथा खाडीमा पसिना बगाई राख्नु भएको छ।तर नेताहरू भने रातारात धनी भएर शहर बजारमा परिवार लगेर ब्यबस्थापन गर्न सक्ने कसरी भए´-रोकाले आक्रोश पोखे।आफ्नो ठाउँ छोडेर परिवार अर्कै जिल्लामा राख्ने जनप्रतिनिधि र राजनीतिज्ञहरुमा जन्मस्थलको माया नहुनुका शाथै सामाजिक जिम्मेवारी उचित ढंगले निभाउन नसक्ने रोकाले बताए।

त्यस्तै परिवार सहित आफू सुबिधा सम्पन्न ठाउँमा बस्ने तर निर्वाचन ताका मात्रै भाषण गर्ने प्रवृत्ति जनताप्रती उत्तरदायी प्रवृत्ति नभएको रुन्टिगढी गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष एवं गाउँपालिका प्रबक्ता चेतलाल खत्रीले स्विकार गरे।`छिमेकी जिल्ला दाङ नजिकै भएकाले बिगत देखिनै समाजमा दुई/चार पैसो कमाएका र अलि टाँठाबाठाहरुले आफ्नो परिवार दाङ लगेर राखेको र आफू पनि प्राय उतै बस्ने प्रवृत्ति छ।राजनीति र समाजसेवा गर्नेहरूका हकमा यो प्रवृत्ति सरासर गलत छ´-वडा अध्यक्ष तथा गाउँपालिका प्रबक्ता खत्रीले भने।आफूले पनि जसोतसो परिवार दाङ लगेर राख्न सक्ने भएपनि सामाजको नेतृत्व गर्ने आफूले सेवा सुबिधा खोज्दै परिवार अन्यत्र लगेर राख्दा आफूले सो समाज परिबर्तनको भाषा बोल्न नैतिकता र आत्मसम्मानले नदिने उनी बताउँछन्।यो प्रवृत्तिको सबै मिलेर अन्त्य गर्नु पर्ने बताए।

रुन्टिगढी वडा नं ७ का वडा अध्यक्ष टेकलाल पुनले पनि जनप्रतिनिधि र राजनीतिज्ञहरुले जनताले हिड्ने बाटो,पानी भर्ने पधेरो,भिर पाखामा आफ्ना परिवार र आफू संगसंगै नहिड्दा सम्म जनताका जिबनस्तर उकास्न असंभव रहने बताएका छन्।

भिडियो

प्रतिक्रिया दिनुहोस