ताजा अपडेट

रुन्टिगढी ५ ले जनप्रतिनिधिका बैठक भत्ताबाट बिपन्न गर्भवतिलाई यातायात खर्च र विद्यार्थीलाई शैक्षिक सामाग्री दिने

होलेरी-रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं ५ कार्यालयका जनप्रतिनिधिहरुले आफूहरूको सबै बैंकक भत्ता,खाजा नास्ता बापतको रकम गरेर वडाका बिपन्न,दलित,अपांग तथा असहाय परिवारलाई अस्पतालसम्म वडापालिका भित्रका स्वास्थ संस्थाबाट प्रसुतीका लागि दाङसम्म पुर्याउन यातायात खर्च र वडापालिकाका बिपन्न,दलित,टुहुरा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्ने निर्णय गरेका छन्।

मंगलबार सम्पन्न वडापालिकाको बैंककबाट जनप्रतिनिधिहरुले स्वैच्छिक रुपमा प्रस्ताव अगाडि सारेर सर्वसम्मत निर्णय पारित गरेका हुन्।बैंककबाट वडाको खर्च ब्यबस्थापन उपसमिति समेत गठन गरिएको रुन्टिगढी ५ नम्बर वडा कार्यालयले जानकारी दिएको छ।

आफूहरू जनताका सेवा गर्न निर्वाचित भएपछि बैठक भत्ता,खाजा खर्चबाट वडापालिका भित्रकै बिपन्न परिवारहरुलाई साह्यता पुर्याउने उद्देश्यले यस्तो निर्णय अघि सारेको वडा अध्यक्ष गोबिन्दबहादुर डाँगीले बताए।हामी निर्वाचित भए यता समय,परिस्थिति र भुगोल अनुसार जनताका समस्यालाई आफ्नै समस्या ठानेर अगाडि बढिरहेका छौँ।हामिले मात्रै होईन परिबर्तनमा जनतालाई पनि सहभागी बनाउनु पर्छ भनेर गत भदौ महिनाबाट प्रत्येक सनिबार वडा अध्यक्ष जनश्रमदान कार्यक्रमको शुरूवात गरेर निरन्तर सञ्चालन गरिरहेका छौँ।यस पाली बिपन्न परिवारका आधारभुत कुराहरू मध्यनजर गरेर हाम्रो बैठक भत्ता,खाजा खर्चबाट बिपन्न परिवारहरुलाई सहयोग गर्ने निर्णय गरेका छौँ।यसमा कार्यपालिका सदस्य सहित सबै वडा सदस्यहरुले पनि सकारात्मक र उत्साह पुर्ण तरिकाले सहमति जनाउँनु भएको छ।यसले नागरिकहरुलाई अल्पकालीन रुपमा पक्कै सहजता हुने हाम्रो विश्वास रहेको छ।यद्यपि जनजीवन उकास्ने गरि दीर्घकालिन प्रयास पनि चलिरहेको छ- वडा अध्यक्ष डाँगीले भने।

वडा सदस्य एवं गाउँ कार्यपालिका सदस्य रिता केसीको संयोजकत्वमा वडा सदस्य नन्दलाल बस्नेत,लक्ष्मी नेपाली र याम प्रशाद बस्नेतको सदस्यतामा खर्च ब्यबस्थापन उपसमिति गठन भएको वडा कार्यालयले जनाएको छ।

निर्णय

प्रतिक्रिया दिनुहोस