ताजा अपडेट

बिकासमा अल्पमत बाधक बन्यो:रुन्टिगढी अध्यक्ष पुन,तर कार्यपालिका सदस्य भन्छन् कुनै अबरोध छैन(भिडियो सहित)

होलेरी- बिकास र परिबर्तनमा १९ महिने कार्यकाल कम्जोर र असफल बनेपछि रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले काम गर्नलाई आफू अल्पमतमा रहेको बताएर पन्छिन खोजेका छन्।

त्यसो त अध्यक्ष पुन आफू मार्फत भएका कमि कमजोरीहरुमा पनि अर्कैलाई दोष लगाएर उम्कने चलाखीपन देखाउन माहिर देखिन्छन्।कर्मचारी नियुक्तिका बिषयमा अनियमितता गरेपछि उठेका प्रश्नहरुको जवाफमा उनले अघिल्लो स्थानिय सरकारले २०७५ को कार्यपालिका बैठकमा बिज्ञापनै नगरेर कर्मचारी नियुक्ति गर्ने कार्यबिधी बनाएको हुँदा त्यसैलाई टेकेर कृषि शाखा कार्यालय सहयोगी नियुक्ति गरेको बताएका थिए।तर अघिल्लो सरकारले बनाएका अपारदर्शी कार्यबिधी संशोधन वा खारेज गर्ने अधिकार पनि उनै नेतृत्व कार्यपालिकालाई हुन्छ।अध्य पुनबाट जवाफदेहीता संकटमा पर्दै गएको कतिपयको बुझाई रहेको छ।

अघिल्लो स्थानिय सरकारको बिरोधै बिरोध गरेर आएका हालका पालिका अध्यक्ष पुन नेतृत्व स्थानिय सरकारसंग पारदर्शीतामै हराउँदै गएको छ।गत साउनमा पालिकाले सूचना तथा बिज्ञापन आह्वान गरेर परिक्षा गराएको महिला नगर प्रहरीहरुको नतिजा पालिकाले माघ महिनासम्म पनि सार्वजनिक गर्न सकेको छैन।लोकतान्त्रिक पद्धतिमा आवेदकहरुले आफू सफल वा असफल भएको सूचना पाउनु पर्ने हुन्छ।यसैसंग नेपालको अन्तरिम संविधान २०७२ ले `सूचनाको हक´ प्रदान गरेको छ।

आइतबार `उदाहरणिय जनप्रतिनिधि बन्दै अध्यक्ष,जनताका घरदैलोमा पुग्दै´भन्ने उनका प्रेस संयोजकले सञ्चालन गरिरहेको रेडियो अनलाइन साझा नामक अनलाइनमा पालिका अध्यक्ष पुनले उल्लेखनीय र अपेक्षित काम गर्न अल्पमत परेकाले बाधा पुगेको बताएका छन्।स्थानीय तहमा संविधानले नै सत्ता पक्ष र प्रतिपक्षको अवधारणा लिएको छैन।ब्यक्तिगत रुपमा लौरो चुनाव चिन्ह लिएर निर्वाचनमा स्वतन्त्र होमिएका काठमाडौं महानगरका बालेन शाह र धरान उपमहानगर प्रमुख हर्क साम्पाङ र धनगढी उपमहानगरका प्रमुख गोपि हमालले काङ्ग्रेस निर्वाचन चिन्ह रुख मार्फत ९ मध्ये ३ वडापालिका सहित उपाध्यक्ष र अध्यक्ष पद जितेका रुन्टिगढीका अध्यक्ष जनक पुन जसरी अल्पमतको भाष्य प्रयोग गरेको कतै सुनिदैन।
तर अध्यक्ष पुन अल्पमतको भ्रामक भाष्य प्रयोग गरेर जनतामाझ आफ्ना नियोजित कमि कम्जोरी लुकाउन भ्रम पैदा गरेर आफ्नो असफलतालाई ढाकछोप गर्ने प्रयासमा रहेको प्रष्ट बुझिन्छ।
होलेरी देखि प्राथमिक स्वास्थ्य केन्द्र मोटरबाटो आधा कालोपत्रे,अतिक्रमित होलेरी देवि भगवती मन्दिरको जग्गामा मन्दिर बनाउने निर्णय गरेर मौन रहने जस्ता उनका असफलता रहेका छन्।कर्मचारी नियुक्तिमा अपारदर्शीता र शिर्षकान्तरमा जिम्मेवारी आदि स्थानीय सरकारको अपारदर्शी गतिविधि रहेका छन्।यसका शाथै स्थानिय सरकारले आयोजना गर्ने सार्वजनिक सुनुवाईमा समेत जनप्रतिनिधि र कर्मचारी बहेक उल्लेखनीय रुपमा सर्वसाधारणलाई उपस्तिथि गराउन स्थानिय सरकार रुन्टिगढीले सकिरहेको छैन।

गत बर्ष होलेरीमा सञ्चान भएको कृषि हाट बजार पनि स्थानिय सरकारको एकल निर्णयले संभव बनेको होईन।एन्जिओ आइएन्जिओको आर्थिक साह्यता र हाट बजार सञ्चालन समितिको कडा मिहेनतले संभव बनेको थियो।होलेरीमा सामाजिक सुरक्षा बुझ्न गाउँ-गाउँबाट एकैदिन एकैपटक जेष्ठ नागरिकहरुको भिड लाग्ने गर्दथ्यो।तर बैंक खातामा जम्मा भएको उक्त रकम सोही दिन मात्रै नभएर जुनसुकै दिनपनी निकाल्न सकिन्छ भन्ने चेतना समेत स्थानिय सरकारले समाजमा चेतनाको बिकास गर्न सकिरहेको थिएन।जसका कारण एकैदिन बैंकमा जेष्ठ नागरिकहरुको चाप बढेको थियो।फलतः कुनैपनी विकल्प नपाएपछि स्थानिय सरकारले वडा-वडामा लगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने पद्धति अगाडि वढाएको छ।तर घर देखि वडा कार्यालयसम्म पुगेर सामाजिक भत्ता बुझ्न पनि नागरिकहरुलाई झन्झट र शास्ती नै रहेको छ।
नागरिकका जिवनस्तर बदल्न स्थानिय सरकारले गरेका परिबर्तनका कामहरू मध्ये पालिका अध्यक्ष पुनले गाउँ-गाउँमा सामाजिक सुरक्षा भत्ता पुर्याएको बताउँने गर्दछन्।यद्यपि सो सामाजिक सुरक्षा भत्ता कार्यक्रम भने नेपाल सरकारको नियमित कार्यक्रम रहेको छ।

अल्पमतले पर्याप्त काम गर्न नदिएको भन्ने गाउँपालिका अध्यक्ष पुनले निर्माण गरेको भाष्य निराधार रहेको रुन्टिगढी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष एवं रुन्टिगढी गाउँ कार्यपालिका सदस्य गोबिन्द बहादुर डाँगीले बताएका छन्।जनताका काम गर्न जनताले निर्वाचित गरेपछि जनजीवन परिबर्तनका लागि गरिने प्रस्तावहरु कार्यपालिकामा कहिल्यै पनि अवरोध नरहेको वडा अध्यक्ष डाँगीले प्रष्ट गरे।बरु बिकास र परिवर्तन गर्न कार्यपालिकाको अल्पमत र बहुमत बाधक नरहेको बरु भिजनमा समस्या भएकाले यस्तो समस्या भएको हुन सक्ने उनको भनाई रहेको छ।आजसम्म कार्यपालिकाको कुनैपनि बैठकमा हामि कसैले पनि अवरोध गरेका छैनौँ।कर्मचारी नियुक्ति लागि पनि हामीले आवश्यक्ता अनुसार सहमति जनाएकै हो।तर उहाँहरुले कसरी नियुक्ति गर्नु भो भन्ने हामुलाई थाह दिइएन।महिला नगर प्रहरीको नतिजा सार्वजनिक नगरेको बिषयमा पनि हामिले आवाज उठाई रहेका छौँ।प्राथमिक स्वास्थ्य केन्द्रसम्मको अधुरो कालोपत्रे पनि कार्यपालिकाका कारण होईन।गाउँपालिकाका नेतृत्व कर्ता जस्तो जिम्मेवार ब्यक्तिले अल्पमतको कुरा गरेर हामीमाथी दोष थुपार्ने प्रवृत्ति राम्रो होईन´-वडा अध्यक्ष डाँगीले प्रश्न गरेके काठमाडौंका मेयर बाकेन धरानका उपमेयर हर्क साम्पाङलाई अल्पमतले कुनै प्रभाव पारेको छैन त?´

त्यस्तै रुन्टिगढी ५ कि वडा सदस्य एवं गाउँ कार्यपालिका सदस्य रिता के.सी.ले पनि सकारात्मक प्रस्तावमाथी निर्णयमा गर्नमा आफूहरू कहिल्यै बाधक नबनेको बताएकी छन्।

अघिल्लो स्थानिय सरकारको गतिविधिमा गरिएका बिरोधको तुलनामा अहिलेको गति अत्यन्तै पछाडि रहेको जानकारहरु बताउँछन्।तर पालिका अध्यक्ष पुनले स्विकारोक्तीका शाथ सुधार्नुको साटो कमि कम्जोरी ढाकछोप गर्न र असफल गतिविधिको ढाकछोप गर्न खोक्रो चलाखीपनको रणनीति अगाडि बढाएका छन्।रुन्टिगढीमा नागरिकका समस्या भने ज्यूका त्यू यथावत रहेका छन्।

अध्यक्षलाई कार्यपालिकाले साच्चिकै अल्पमतमा पारेकै हो त?

भिडियो

प्रतिक्रिया दिनुहोस