रोल्पा- माओवादी जनयुद्वको उद्गमस्थल एवं केन्द्रीय आधार ईलाका रोल्पा राजनितिक वृतमा चर्चामा रहि रहन्छ।मुलुकमा भयका हरेक राजनितिक परिवर्तनहरुमा अग्रणी बलिदान गरेको रोल्पाले थुप्रै त्यागका इतिहासहरु रचेको छ।तत्कालिन माओवादिले २०५२ सालदेखि शुरु गरेको सशस्त्र जनयुद्वको रापतापमा पनी रोल्पा अछुतो बन्न सकेन।कयौ आशा,भरोसा र सुनौला सपनाहरु संगाल्दै हजारौ रोल्पालीहरुले रगत बगाए,अंगभंग बने।अनिगिन्ती बलिदानहरु भित्र पिडा लुकाउदै तिनै रोल्पालीहरुले माओवादी पार्टी र नेतृत्वहरुलाई बाराम्बार सत्तामा पनी पुर्याए।
तर बिडम्बना रोल्पालीहरु आज त्यहि माओवादीसंग सम्बन्ध विच्छेद गर्दै नेकपा एमालेमा प्रवेश गर्नेको लहर नै चलेको छ।
यसै क्रममा आज रोल्पाकै थवाङ निवासी युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन्।रोल्पामा भयको एक कार्यक्रममा एमालेका लुम्बिनी प्रदेश कमिटी सह-सचिव पुर्ण बुढा मगर (विमर्श) ले दर्जनौ युवाहरुलाई एमालेमा स्वागत गर्नु भयको हो।नेकपा एमालेले संचालन गरेको संगठन सुदृधिकरण तथा विस्तार अभियान अन्तर्गत थवाङि युवाहरुलाई पार्टिमा स्वागत गरियको प्रदेश कमिटी सदस्य विनोद रोका मगरले जानकारी दिनु भएको छ।
प्रवेश गर्नेहरुमा थवाङ ४ निवासी साजन पुन,आकाश रोका,सुखान्त रोका त्यसै गरी थवाङ ५ निवासी स्वर्णिम रोका,प्रदेशी रोका मगर,किस्मत घर्ती लगाएत हुनुहुन्छ। स्मरण रहोस् किस्मत जनयुद्वका शहिद जनेन्द्रका छोरा हुन् भने स्वर्णिम जनयुद्वकै शहिद कमाण्डर पाल्पालीका छोरा हुन्।
उक्त कार्यक्रममा बोल्दै विमर्शले जनयुद्वमा रोल्पाली नागरिकहरुले गरेको त्याग,बलिदानमा टेकेर माओवादी नेतृत्वहरु बाराम्बार सत्तामा पुग्दा पनि घाइते अपांग र शहिद परिवारको अवस्था एक पछी अर्को नाजुक बन्दै जानु दुखद रहेको भन्दै अब रोल्पाको बलिदानलाई संस्थागत गर्न पनि एमालेमै एकिकृत हुनु पर्नेमा जोड दिनु भयो।माओवादी जनयुद्वमा जनमुक्ति सेनाको वटालियन कमाण्डर समेत बनिसकेका विमर्श आफैमा पनी शहिद परिवारको सदस्य हुनुहुन्छ।।कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सदस्य एवं रोल्पा जिल्ला इन्चार्ज कृष्णमान बुढा समेत सहभागी हुनुहुन्थ्यो।
सबैठोक गुमायर जनयुद्वमा होमिएका रोल्पाली र जनयुद्वकै शहिद परीवारहरु आज माओवादी प्रती भरोसा गुमाउदै अन्य राजनितिक दलमा आबद्ध हुदै गर्दा सत्तामै रहेको माओवादी र रोल्पाली नेतृत्वलाई भने गिज्याइरहेको छ।
(लेखक सुगम होलेरी खबरको प्रशासन प्रमुख समेत हुनुहुन्छ)