होलेरी- रोल्पाको रुन्टिगढी गाउँपालिका जिल्लाकै धार्मिक, पर्यटन र इतिहासको महत्वपूर्ण बिन्दु हो।स्वर्गद्वारी महा प्रभुको जन्मस्थल रुन्टी तपोभुमी गढिलेक रुन्टिगढी भित्र रहेका छन्।यि दुई महत्वपूर्ण धार्मिक स्थलका नामबाटै तत्कालीन समयमा यो स्थानिय तहको नाम रुन्टिगढी नामाकरण गरिएको थियो।यस संगै रुन्टिगढीको केन्द्र एवं जिल्लाकै प्रमुख मध्येको एक ब्यापारीक केन्द्र होलेरी बजार २०५२ शालमा तत्कालीन माओवादी १० बर्षे जनयुद्धको उद्गम स्थल समेत हो।देशको राष्ट्रिय राजनीति र राजनैतिक परिबर्तनमा रोल्पाको होलेरी इतिहास हो।इतिहास न मेटाउन सकिन्छ न त बदल्न नै?त्यसैले रुन्टिगढी देशकै एक ऐतिहासिक स्थल हो।गणतान्त्रिक नेपालको इतिहास रुन्टिगढीको होलेरी बिना अपुरो हुन जान्छ।धार्मिक र इतिहास संगै पर्यटनका लागि पनि रुन्टिगढीले प्रचुर संभावना बोकेको छ।रुन्टिगढी ६ मा भारत देखिने प्राकृतिक वरदान मुरुल्के लेक,रुन्टिगढी ७ स्थित प्राकृतिक आकृतिका खानी शिव पार्वती गुफा समेत रहेको छ।
रुन्टिगढीको होलेरी रोल्पा जिल्लाकै दोस्रो प्रवेशद्वार समेत हो।दाङको घोराही हुँदै रोल्पाको होलेरी बाट सहिद मार्गले थबाङ र पुर्वी रुकुम जोड्दछ।यसका शाथै यहि सहिद मार्गले रोल्पा सदरमुकाम लिबाङ,छिमेकी जिल्ला प्युठान र सल्यानलाई समेत जोड्छ।रुन्टिगढी पर्यटकिय स्थल समेत हो।रुन्टिगढी संभावना नै संभावनाको खानी हो।
२०५२ पछि लामो समय अस्थिर बनेको मुलुकको राजनीति तत्कालीन माओवादी १० बर्षे जनयुद्धको बलमा मुलुकमा संघियता र गणतान्त्रिक शासन प्रणाली स्थापना भयो।मुलुक संघिय प्रणालीसहित २० को अन्तरालमा २०५४ शालपछि एकैपटक २०७४ मा स्थानिय तहको निर्वाचन भयो।तत्कालीन झेनाम,दुबिडाँडा,जौली पोखरी,डुब्रिङ,सखी गाविसहरुलाई गाभेर स्थानिय राजनैतिक दलहरूले स्थानिय तहको नाम रुन्टिगढी गाउँपालिका नामाकरण गरे।२०७४ को निर्वाचनमा पालिका प्रमुखका उम्मेदवार बनेका तत्कालीन नेकपा एमाले रोल्पा जिल्ला उपाध्यक्ष बालाराम बुढा मगर पालिका अध्यक्ष पदमा निर्वाचित बने।त्यति बेला हालका रुन्टिगढी अध्यक्ष जनक पुन वडा नं ७ मा नेपाली काङ्ग्रेस पार्टीबाट वडा अध्यक्ष पदका उम्मेदवार थिए।तर पुनले पराजय बेहोरेका थिए।नेकपा माओवादी केन्द्रका उम्मेदवार जंगबहादुर घर्तीले पुनलाई पराजित गराएका थिए।त्यसो त पुनलाई आफ्नै वडावासी जनताले पत्याएका थिएनन्।त्यसको कारण मध्येको एक थियो पुनको राजनीतिमा कुन लामो इतिहास नहुनु।५ बर्ष दक्षिण कोरियामा श्रम गरेर फर्केका पुनको आफ्नै हठले एकाएक काङ्ग्रेस पार्टीबाट तत्कालीन झेनाम गाविस सभापति बनेका थिए।
निर्वाचनमा पराजय बनेपनि तत्कालीन समयमा नेपाली काङ्ग्रेस पार्टीको परिपत्र अनुरुप जुन वडामा पालिका कार्यालय छ त्यही वडाका सभापति पार्टीको पालिका संयोजक रहने निर्णय अनुसार पुन तत्कालीन समयमा नेपाली काङ्ग्रेस पार्टीको रुन्टिगढी संयोजक चयन भए।तर निर्वाचन ताका पुनले वडामा टिकट ल्याउने सौदा बाजीमा वडा सभापति पद भने स्थानिय अर्का नेतालाई हस्तान्तरण गरिसकेका थिए।तर निर्वाचनमा पराजित बनेपछि हस्तान्तरण गरेको वडा सभापति पद पुनः आफूले लिएका थिए।त्यसपछि मात्रै उनी काङ्ग्रेस पार्टीको पालिका संयोजक चयन हुन संभव भएको थियो।
२०७४ को स्थानिय तहको निर्वाचनपछि रुन्टिगढी हाकी रहेका एमाले नेता बालाराम बुढा मगरले भौतिक पुर्वाधार र संरचनाहरु निर्माण लगाएतका विभिन्न कार्यक्रम रफ्तारका शाथ अगाडि बढाई रहेका थिए।तत्कालीन स्थानिय सरकारले पर्यटन प्रबर्द्धनका लागि रुन्टिगढी बिकास सम्मेलन,होलेरी राष्ट्रिय मिडिया सम्मेलन र अक्षर महोत्सव जस्ता कार्यक्रमका आयोजना गर्यो।तत्कालीन समयको कार्यपालिकामा एमालेले २ वडा,काङ्ग्रेसको ३ वडा र माओवादी केन्द्रको ४ वडा मार्फत कार्यपालिका निर्माण भएको थियो।त्यो बेलाका पर्यटन प्रबर्द्धन कार्यक्रममा तत्कालीन कार्यपालिकाले सर्वसम्मत पारित गरेको भएपनि हालका पालिका अध्यक्ष पुनले आयोजित कार्यक्रमका मञ्चमा मजाले भाषण छाट्ने र त्यसपछि बन्द कोठामा गएर स्थानिय सरकारको गतिविधि विरुद्ध पार्टीको तर्फबाट बिज्ञप्ति निकाल्ने गर्दथे।
त्यसपछि स्थानिय सञ्चार माध्यम र सञ्चारकर्मीहरुको समेत शाथ लिए पुनले लगातार तत्कालीन स्थानिय सरकारको उछितो काढ्न शुरु गरे।त्यही क्रम अगाडि बढी रह्यो।पुन मिडियाहरुमा स्थानिय सरकारको गतिविधि विरुद्ध बिरोधाभाषका अन्तर्वार्ता दिएर चर्चामा आउँन थाले।उनी आफै युवा उमेरको भएकाले उकुसमुकुस भएर बसेका युवाहरू उनिबाट समाज परिवर्तनको संभावना देख्न थाले।कोरोनाको महामारी बखत पुन विभिन्न क्वारेन्टाइनहरुमा पुगे।स्थानिय सरकारले जसोतसो ब्यबस्थापन गरिरहेका उनीहरुलाई सहानुभूति प्रकट गर्दै उनले राजनैतिक भुमिका निभाउँदै गए।तर पुनले क्वारेन्टाइनमा बाएका मज्दुरहरुलाई सहानुभूति बाहेक दिएको भने केही थिएन।तत्कालीन सरकारले रुन्टिगढी छ होलेरीको कोदारीडाँडामा पालिका स्तरीय खेलकुद मैदान बनाउन प्रारम्भ गरेको गतिविधि पुनले रोके।प्राकृतिक प्रतिवेदन तयार नगरेर काम गरेको उजुरी तत्कालीन रुन्टिगढी काङ्ग्रेस संयोजक एवं हालका पालिका अध्यक्ष पुनले सव-डिभिजन बन कार्यालय होलेरीमा उजुरी दिएपछि काम रोकिएर अल्पत्र परेको खेलकुद मैदानले अझैसम्म पुर्णता पाउँन सकिरहेको छैन।परिणामस्वरुप हालसालै सम्पन्न रोल्पा जिल्ला दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी १० स्थानिय तह मध्ये रुन्टिगढी १० औँ स्थानमा खुम्चिन पुगेको छ।
काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट पुनः पालिका सभापतिमा निर्वाचित बनेका पुनले पार्टी भित्र बर्चस्व जमाउन थाले।२०७९ को स्थानिय तहमा उनले पालिका उम्मेदवारको टिकट प्राप्त गरे।२०७४ मा रुन्टिगढी एमालेले हात पारेपनी यसपालिको चुनावी परिणाम भने काङ्ग्रेसबाट उम्मेदवार बनेका पुनको पोल्टामा आयो।अघिल्लो स्थानिय सरकारको सबैभन्दा बढी बिरोध गरेर आएका युवा राजनीतिज्ञ पुन निर्वाचित बनेपछि पक्कै नयाँ परिवर्तन हुन्छ होला भनेर शुरु शुरुमा स्थानियहरु हर्षित बने।त्यही आशामै उनलाई मत दिएका थिए।तर अध्यक्ष पुनले पदको उन्मादमा नागरिकका अपेक्षा बिपरितका अस्वभाविक कामहरु गर्न थाले।परिक्षणकालमै उनले समाचार लेखेकै भरमा एकजना स्थानिय सञ्चारकर्मीलाई थर्काएको अडियो सार्वजनिक भयो।पुनले उक्त सञ्चारकर्मीलाई `गाँजा खाएर समाचार लेखेको होस्?बिचार गर भाइ तेरो भविष्य हामीसंग जोडिएको छ´।भन्ने जस्ता अभिव्यक्तिहरु सामाजिक सञ्जालमा छताछुल्ल बनेका थिए।सञ्चारकर्मी बाटै समाचार लेखनमा कुनै त्रुटि भएका थिए भने पनि पालिका अध्यक्ष जस्तो जिम्मेवार अभिभावकले फोन मार्फत गरेको व्यबहार निराशाजनक रहेको कतिपयको टिप्पणी रहेको थियो।
अध्यक्ष पुन त्यतिमा मात्रै सिमित रहेनन्।त्यसपछि लगत्तै उनले आफ्नै छोरीको दोहोरो जन्मदर्ता बनाउन आफै सूचक बनेर जन्मदर्ता फारम भरेको रुन्टिगढी ७ का तत्कालीन वडा सचिवले सार्वजनिक गरेर आपत्ति जनाए।दोहोरो जन्मदर्ता बनाउने जस्तो गैरकानुनी कार्य अध्यक्ष पुनले सत्ता र पदको आडमा के कति कारणले बनाईदिन खेजेका थिए त्यो उनले बताएका छैनन्।तर अध्यक्ष पुनले प्राविधिक त्रुटि,पद्धतिमा त्रुटि भएको जस्ता हल्का टिप्पणी गरेर उम्कन खोज्छन्।पछिल्लो समय अध्यक्ष पुन सरकारी सवारी लगेर पार्टीको कार्यक्रमा हुइकिने गरेको पाइएको छ।हिजो अघिल्लो स्थानिय सरकारको चर्को आलोचना गरेर निर्वाचित भएका उनको पनि लय र शुर भने फरक देखिएन।अघिल्लो सरकारको भन्दा तुलनात्मक रुपले बिकास कछुवाको गति र मनपरि गतिविधिमा खरायोको गति रहेको कतिपय जानकारहरुको बिश्लेषण रहेको छ।स्थानिय सरकारले १९ महिने कार्यकालको दौडानमा अल्पत्र खेल मैदान शुचारु गर्न सकिरहेको छैन।करार कर्मचारी नियुक्तिमा कार्यकर्ता भर्ती गरेको र बिना सुचना र बिना बिज्ञापन कर्मचारी नियुक्ति गरेको आरोप पनि उनैलाई लाग्दै आएको छ।पालिकाले परिक्षा गराएको ७ महिनासम्म पनि महिला नगर प्रहरीको नतिजा सार्वजनिक समेत गरेन।
कर्मचारी नियुक्तिका सम्बन्धमा अपार्दर्शी ढंगले गतिविधि गरेको आफूलाई लागेको आरोपमा अध्यक्ष पुनले अघिल्लो स्थानिय सरकारको कार्यविधी टेकेर निर्णय गरेको भन्दै पन्छिन खोज्छन्।
नैतिक प्रश्न उठ्ने बिषयबस्तुमा उनी आफूले जिम्मेवारी लिन चाहन्नन् तर कर्मचारी नियुक्तिका बिषयमा अपार्दर्शी निर्णय अघिल्लो कार्यपालिकाले गरेको भएपनी त्यसलाई खारेजी गर्ने अधिकार समेत उनी नेतृत्व कार्यपालिकालाई नै हुन्छ।तर अघिल्लो सरकारलाई मनपरि गतिविधि गरेको भनेर बिरोधै बिरोधको अभ्यासले राजनीति मौलाएर पालिका अध्यक्ष निर्वाचित बनेका पुनले आज आफूले गरेका क्रियाकलापको जिम्मेवारी पनि अघिल्लो स्थानिय सरकारलाई नै थुपार्ने प्रयासमा छन्।एउटा शिर्षकमा कर्मचारी नियुक्ति गरेर अर्कै जिम्मेवारीमा राख्ने गरेको आरोप पनि उनैलाई लाग्ने गरेको छ।पशु साखाका बिज्ञ र अनुभवी कर्मचारी लगेर पालिकाको जिन्सी साखामा,रोजगार साखाका कर्मचारी सचिवालय,कार्यालय सहयोगी नियुक्ति गरेर प्रेस संयोजकको जिम्मेवारीमा यस्ता अनेकौं आरोप स्थानिय स्तरमा उनी माथी छन्।शुरुशुरुमा आपतबिपतमा परेका सर्वसाधारणहरुका घरमा राहत लगेर जाने क्रममा मोटरबाटो नजिकै सवारीबाट सामान बोकेर अध्यक्ष पुनको मिडियाबाजी शुरूवात भएको थियो।उनले सरकारको कोषबाट खरिद गरिएको खाद्यान्न तथा कपडा बोकेको दृश्यमा उनका सहयोगीहरु भने खाली हात रित्तै हिडिरहेका हुन्थे।सामाजिक सञ्जालहरुमा सस्तो लोकप्रियताका लागि पालिका अध्यक्ष चर्चा कमाउने बाटोमा रहेको आलोचनाहरु हुन थालेपछि उनल्र पछिल्लो समय सामाग्री बोकेको तस्वीर तथा भिडियोहरु पोस्ट्याउन छाडिएको छ।
होलेरी बाट प्राथमिक स्वास्थ्य केन्द्रसम्म जोड्ने मोटरबाटो कालोपत्रे पनि स्थानिय सरकारले अधुरै छोडेको छ।होलेरी स्थित देवि भगवती मन्दिरको अतिक्रतित जग्गा खाली गराउने सर्वदलीय सर्वपक्षीय बैठकद्वारा सर्वसम्मत गरिएको निर्णय कार्यान्वयनमा पनि स्थानिय सरकार रुन्टिगढी गाउँपालिका निरीह सावित बनिरहेको छ।गत पुस्तक २६ गते पालिका अध्यक्ष पुन सहितको उपस्तिथिमा गरिएको निर्णय बमोजिम १५ माघमा प्राविधिक खटाएर मन्दिरको जगा मार्किङ गरेर प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको थियो।
रोल्पाको लाइफ लाइनको रुपमा रहेको २९ किलोमीटर घोराही-होलेरी सहिद मार्ग स्तरोन्नतिमा पनि स्थानिय सरकाले चासो देखाएको छैन।यस सडक खण्ड अन्तर्गत दाङ रोल्पाको बुभाग खुम्बास सम्मको मोटरबाटो सुधार,होलेरी स्वर्गद्वारी सडक खण्ड अन्तर्गत मैचन्नेसम्मको मोटरबाटो सुधारमा समेत स्थानिय सरकार रुन्टिगढीले चासो देखाएको छैन।विभिन्न विद्यालयका अल्पत्र आर.सि.सि.भवन पुनर्निर्माण,होलेरी खानेपानी सहित पालिका भित्रका बिभिन्न खानेपानी मुहान संरक्षण एवं मर्मत लगाएतका पुर्वाधारहरु समेत ओझेलमै रहेका छन्।रुन्टिगढी ६ सरेचौरको दलित बस्तीमा पनि सडक लगाएतका पुर्वाधारहरु नपुगेको गुनासो गरेका छन्।
किसानका लागि देखिने गरि सञ्चालन भएको होलेरी कृषि हाट बजार पनि विभिन्न परियोजना र हाट बजार सञ्चालन समितिको अगुवाईमा संभव भएको स्थानियहरुको बुझाई रहेको छ।तरकारीको मुल्यमा अस्वभाविक गिरावट आएको अवस्थामा बजारीकरण र भण्डारण गर्न सक्ने क्षमता भने स्थानीय सरकार संग छैन।बितेको १९ महिने अवधिमा रुन्टिगढीको जनजिविका परिवर्तन हुने गरि स्थानिय सरकार रुन्टिगढीले कुनै गौरवको योजनाका कामहरू गर्न सकिरहेको छैन।संघिय नियमीत बजेट सहित रुन्टिगढीको आफ्नै आयश्रोत समेत रहेको छ।पालिका भित्र सञ्चालित चुन ढुङ्गा खानीहरुले बार्षिक रुपमा स्थानीय सरकारलाई कर बुझाउने गर्दछ्न्।
रुन्टिगढी बिकास र परिवर्तनमा किन सेलायो?
स्थानिय तहमा काम गर्ने इच्छाशक्ति मात्रै भएपछि बहुमतको आवश्यक्ता रहदैन।संवैधानिक हिसाबले पनि स्थानिय तहमा प्रतिपक्षको कल्पना गरिएको छैन।एकपटक निर्वाचित भैसकेपछि स्थानिय तहका जनप्रतिनिधिहरुको पद यथावत रहन्छ।प्रदेश र संघमा जस्तो सत्तामा अंक गणितीय हिसाब स्थानिय तहमा हुँदैन।रुन्टिगढीमा भएका सबै ९ वडापालिकाहरु मध्ये प्रमुख ३ दल नेपाली काङ्ग्रेस पालिका सहित ३ वडा नेकपा एमाले ३ वडा र नेकपा माओवादी केन्द्रले ३ वडापालिकामा सरकार बनाएको छ।स्वतन्त्र रुपमै काठमाडौं महानगर प्रमुख बालेन शाह निर्वाचित भएपछि बजार ब्यबस्थापन र पारदर्शीका हकमा गरेका कामहरू देशभर चर्चामा रहेका छन्।त्यस्तै स्वतन्त्र रुपमा निर्वाचित धरान उपमहानगर प्रमुख हर्क साम्पाङ राईले काकाकुल धरानेवासीलाई श्रमदान मार्फत खानेपानीको काम सम्पन्न गरेर चर्चा बटुलेका छन्।उनीहरुको कार्यशैली र इच्छाशक्तिलाई हेर्दा स्थानिय तहमा काम गर्न बहुमत र अल्पमतको कुनै आधार नहुने पुष्टि हुन्छ।सकारात्मक परिवर्तनका एजेन्डा अगाडि सारेमा अन्य दलबाट निर्वाचित कार्यपालिका सदस्यहरुले पनि सहमति जनाउनै पर्ने हुन्छ।जनजीविकाका सवालमा जनतानै सर्वमान्य हुन्।रुन्टिगढीमा कार्यपालिका भित्र पनि अध्यक्ष पुन हावी छन्।प्रवक्ता नियुक्ति,कर्मचारी नियुक्ति लगाएतका बिषयमा अध्यक्ष पुनको बर्चस्व देखिन्छ।
तर सर्वसाधारण जनताका जिबनस्तर उकास्न भने स्थानिय सरकारको चासो देखिदैन।रुन्टिगढीबाट मात्रै बर्सेनि हजारौंको संख्यामा रोजगारीका लागि इट्टाभट्टा,हजारौंको संख्यामा भारत र सयौंको संख्यामा खाडी मुलुक मज्दुरीका लागि जाने दर कायमै रहेको छ।निर्वाचन भन्दा अगाडि तत्कालीन समयमा हालका अध्यक्ष पुन काठमाडौंका विभिन्न इट्टाभट्टा पुगेर आफू निर्वाचुत भएपछि स्थानीय स्तरमै मज्दुरहरुलाई रोजगारीको बाताबरण सृजना गर्ने आश्वासन दिएका थिए।तर उनले सो सम्बन्धता निर्वाचित भएपछि बोल्नै छाडे भने त्यहाँ पुग्ने मज्दुरहरुको संख्या झनै बढेको छ।
भिडियोमा रुन्टिगढी ६ दलित बस्तीको प्रतिनिधिमूलक पीडा