होलेरी- रोल्पाको रुन्टिगढी गाउँपालिकाको केन्द्र होलेरी बजार नजिकै रहेको दलित बस्तीका स्थानियहरुले स्थानीय सरकारले आफूहरूलाई सधै अन्धकारमा राख्ने गरेको गुनासो गरेका छन्।
गाउँपालिकाको वडा नं ६ को सरेचौर आसपासको दलित बस्तीमा २२/२३ घर दलित परिवारहरु परापूर्बकाल देखि बसोबास गर्दै आएका छन्।तिनै दलित समुदायहरुको सरेचौर नजिकै वडा नं ७ स्थित चिन्नेखर्क भन्ने स्थानमा समेत बस्ती रहेको छ।चिन्नेखर्कमा १० भन्दा घरधुरी बसोबास गर्छन्।उक्त स्थानमा सिंचाइ,सडक,विद्युत लगाएताका पुर्वाधारहरुले हालसम्म पनि छुन सकिरहेको छैन।मिलेको बुभाग भएपनी खेतिपाती र ढुवानीका लागि स्थानिय सरकारले पुर्वाधार बिस्तारमा चासो नदिदा आंशिक रुपमा मात्रै चिन्नेखर्कमा बसोबास गर्ने गरेको जानकारी दिए।हाल उनीहरु स्थायी रुपमा बसोबास गरिरहेको बस्तीमा पनि मोटरबाटो छैन।केही बर्ष अगाडि मोटरबाटोको ट्र्याक खोल्ने कार्य गरेको थियो।तर ठाउँ-ठाउँमा पहिरो गएका कारण उनिहरुको बस्तीमा मोटरबाटोको नमुना भेटाउन समेत गाह्रो हुने अवस्था रहेको छ।यस समुदायका ६० बर्ष माथिकाले पनि मज्दुरी गरेर जिविका निर्बाह गरिरहेका छन् भने मध्यवस्थाका युवाहरू रोजगारीका लागि भारत तथा खाडी मुलुकहरुमा रहेको स्थानिय भैरव बहादुर विश्वकर्माले बताए।
`हामिलाई लामो समय तल्लो जाती भनेर भेदभाव गरेर राखियो।मज्दुरी गरेरनै खान्थेउ।त्यही मज्दुरी गर्ने क्रममा तत्कालीन माओवादी जनयुद्ध ताका छोरा गुमाए।अहिले मैलेनै मज्दुरी गरेर जिविका चलाई रहेको छु।कृषि गर्न लगानी छैन।त्यसैमाथी उत्पादित बस्तु बजारसम्म पुर्याउन सडक पनि छैन।गाउँपालिकाले कृषी सामाग्रीहरु अनुदानमा बितरण गर्छ रे भनेको सुनिन्छ तर हामिलाई कहिल्यै जानकारी दिइदैन।नेताहरू चुनावमा आएर आश्वासन बाड्छन् त्यसपछि अर्को चुनाव नआउँदा सम्म फर्केर हेर्दैनन्।हाम्रो सुखदु:ख बुझिदिने कोहि छैन।हाम्रा लागि स्थानिय सरकार छैन जस्तो लाग्छ´- भैरबले गुनासो पोखे।
दलित बस्तीम २०७७/०७८ शालमा बलतल्ल विद्युत पुर्याइएको छ।तर त्यही बेला एक्कैपटक मोटरबाटोको मुहार देखेका उनिहरुले त्यसपछि मोटरबाटो पनि बिर्सन थालेका छन्।पटकपटक स्थानिय सरकारसंग पहल गर्दापनी आश्वासन बाहेक अरु केही नपाइएको उनीहरुको गुनासो रहेको छ।यस बर्ष वडा नं ६ कार्यालयले पैदलमार्ग मर्मतका लागि भनेर ६ लाख बजेट दिएको छ।यसबाट आजको विकसित युगमा बल्ल पैदलमार्ग निर्माणको चरण रहेको दलित बस्तीमा मोटरबाटो कहिले पुग्ने हो?त्यो आफूहरुलाई कुनै थाह नभएको उनीहरुको भनाई रहेको छ।भैरब भन्छन् `हाम्रा लागि बिकास र परिवर्तन भनेको आकाशको फल जस्तै सावित बनिरहेको छ।´
आफूहरूको समुदायमा विद्यमान अनेकौं समस्याहरू स्थानिय सरकार समक्ष लगेर जादा पनि आश्वासन बाहेक केही पाउन नसकिएको स्थानिय हिरा विश्वकर्माले दु:ख व्यक्त गरिन्।हाम्रो गाउँसम्म मोटरबाटो छैन।कोहि बिरामी परेमा वा सुत्केरी भएपछि बोकेरै अस्पतालसम्म पुर्याउँछौ।सिरगैरा र चिन्नेखर्कमा झन खानेपानी,सडक,विद्युत,सिंचाइ केही पनि छैन।हामिलाई आत्मनिर्भरताको आधार नै छैन।दु:ख गरेर पढाएका बालबालिकालाई जागिरको अवसरको झन् कुरै नगरौँ।हाम्रो पहुँच छैन।समस्या लगेर पालिकामा जाँदा उहाँहरुले अर्को बर्षलाई सिकाउनु हुन्छ।अर्को बर्ष जाँदा फेरि अर्को बर्ष सिकाउनु हुन्छ-हिराले गुनासो गरिन्।
स्थानिय सरकार नजिकै भएपनि बिकास र परिवर्तनमा भने आफूहरूलाई `बत्ती मुनि अँध्यारो´ भने झै हुन गएको दलित समुदायहरुको दुखेसो रहेको छ।
भिडियो