ताजा अपडेट

म हँ गुराँसको माली हजुर

म जन्मिएको रोल्पा रुन्टिगढीको शिरमा
ढकमक्क गुराँस फुल्यो पखेरु र भिरमा

लाग्छ म हुँ गुराँस डाली हजुर
होईन होईन म त हुँ गुराँसको माली हजुर

कोइली चरी कूहुँ कूहुँ गाउँदा
म हुँ भनी पहाडले जवाफ फर्काउँदा

स्वर्ग भन्दा कम छैन मेरो गाउँ
स्वर्गद्वारी महाप्रभु जन्मिएको पवित्र ठाउँ

मनोरम बन्दैछ वसन्त ॠतु छाउँदै छ
घुमौँ होलेरी र रुन्टिगढी तपाईलाई बोलाउँदै छ

प्रतिक्रिया दिनुहोस