ताजा अपडेट

अक्षरहरू

आजकल अक्षरहरू मिलेका छैनन्
शब्दहरू बेमेलका जेल बनेका छन।


नयाँ अक्षरहरूको जोड मिलेको छैन
शब्दहरू अनुभूतिमा असरल्ल छन्।

अक्षरहरूमा उपल्लो सापट लिन खोज्छु
अर्तीहरू र सन्देशहरूको पहाँड देख्छु।


जोत्न नसकेको बाझो पाटो जत्तिकै
जीवनमा अनगिन्ती भावहरू असरल्ल छन।

अक्षरहरूमा समकक्षी सापट लिन खोज्छु
बेअर्थका बिकल्पहरूको सागर देख्छु।


जोत्न नसकेको उजाड डाडाँ जस्तै
जीवनका अनेकन् अर्थहरू असरल्ल छन।

अक्षरहरूमा सम्बन्ध सापट लिन खोज्छु
अनेकन बिकारहरूले प्रदुषण बनाउछ।


गोडन नसकेको नमिलेको मेलो जस्तै
जीवनका धेरै सम्बन्घहरू असरल्ल छन।

अक्षरहरू कहिले कुनै शब्दमा गिजोलिन्छन्
कहिले कुनै भावनामा अनि कुनै अर्थमा


अनेकन् पलहरु आफैमा प्रश्नहरू बनेर..

सदाकालसम्म आफैसँग उत्तर खोजिरहन्छ
अनुत्तरित प्रश्नहरूमा जीवन असरल्ल छ।

लेखक नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक(डिएसपी)हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस