दाङ- नेकपा (एमाले) बङ्लाचुली पार्टी कमिटिको बैठक बसि सम्पन्न भएको छ।बङ्लाचुली गाउँपालिकामा गठबन्धनको स्थानिय सरकार गठन भयको दुई बर्ष बित्दै गर्दा पनि स्थानिय सरकाले उल्लेखनिय रुपमा उपलब्धी र परिबर्तनका कामहरु गर्न नसकेको,कृषि सडकहरुको खाल्डाहरु सम्म पुर्न नसकेको,युबा लक्षित,किसान लक्षित ,दलित लक्षित कार्यहरु लाई गति दिन नसकेको बैठकले ठहर गरेको छ।
घोराही प्युठानको सडक खण्ड घोराही तापा चोकको अबस्था नाजुक हुँदा सम्मपनि खाल्डाखुल्डीमा माटाे सम्म भर्न प्रयास नगरिएको बिषयमा उक्त सडकमा वहरदोहर गर्ने यात्रुहरु ले कठिनाइ भोगनु परेको बारे स्थानिय सरकार बङ्लाचुली गाउँपालिकालाई ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ।
यसका शाथै सक्रिय कार्यकर्ता,वडा कमिटीका पदाधिकारी,बर्गिय संगठनका प्रमुखहरुको लागि माघ २६ र २७ गते दुई दिन विशेष प्रसिक्षण कार्यक्रम चलाउने निर्णय गरेको छ। पार्टी कमिटी अध्यक्ष यमुना घर्तीको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला पार्टी सचिब सचिब मनोहर बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला पार्टी स्कुल बिभाग प्रमुख बिबेक श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो ।पार्टी इन्चार्ज हेमराज पुन,जिल्ला सद्स्यद्वय पुष्प भण्डारी र बेद प्रकास जि.सिले प्रशिक्षण मुलक मन्तव्य राखेका थिए।बैठकको सहजीकरण पार्टी कमिटी सचिब दलबहादुर खत्रीले गरेका थिए।