ताजा अपडेट

समस्याका समाधान खोज्दै घोराही बनाऔँ अभियान:निकालियो पिउने पानीको अभाव मेट्ने उपाए

घोराही- घोराही–१२ बसन्तपुर क्षेत्रमा विद्यमान पिउने पानीको समस्या समधानका लागि उपाएको खोजि गरिएको छ ।
घोराही बनाऔं अभियानले केही दिनदेखि त्यस क्षेत्रमा रहेको पिउने पानी समस्याको विषयमा स्थलगत अध्ययनपछि सरोकारवाला निकाय र स्थानीयबासीहरुसँग पटकपटक छलफल, भेटघाट, सल्लाहसुझाब संकलन गर्ने कार्य गरिरहेको थियो । यहीक्रममा घोराही बनाऔं अभियानले मंगलबार तल्लो बसन्तपुर टोल विकास संस्थामा आयोजना गरेको छलफल कार्यक्रमबाट तत्कालका लागि उक्त क्षेत्रमा पिउने पानीको समस्या समाधान गर्ने उपाएको खोजि गरिएको छ ।

दिर्घकालिनरुपमा त्यस क्षेत्रमा पिउने पानीलाई पर्याप्त गर्न ओभरहेड ट्यांकीसम्म निर्माण गर्ने योजना बनाइएको छ ।


घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनको अगुवाईमा भएको कार्यक्रममा बोल्दै घोराही–१२ का वडा अध्यक्ष दोर्ण बहकरीले हापुर बसन्तपुर क्षेत्रका बासिन्दालाई पिउनेपानीको समस्याबाट मुक्त गर्न केन्द्र र प्रदेशसम्म पनि पहल गर्ने नभएमा आउँदो बजेटमा भएपनि पालिकाको तर्फबाट ओभरहेड ट्यांकीलगायतका निर्माण कार्य गर्नका लागि बजेट बिनियोजन गरिने बताए । यसैगरी कार्यक्रममा सहभागि हापुर खानेपानी उपभोक्ता तथा सरसफाई समिति स्किम नम्वर २ बिजौरी हापुर दाङका अध्यक्ष जयबहादुर बुढाले समितिको तर्फबाट बुधबारनै वैठक बसेर मोटर खरिद गरी बसन्तपुरको दुईवटा टोलमा पिउने पानीको समस्या समधान गर्ने गरी काम हुने बताएका छन्।
यसैगरी समितिका सचिव राजुपरियारले समितिको क्षेत्र धेरै भएको, पानीको श्रोत कम भएको भएपनि अबदेखि आलोपालो सिष्टमबाट दुबै टोलमा पिउने पानीको समस्या समाधान गरिने प्रतिबद्धता गरेका छन् ।

कार्यक्रममा बसन्तपुर टोल विकास संस्थाका अध्यक्ष रेशम योगी, रमना टोल विकास संस्थाका अध्यक्ष दामोदर शर्मा, रमना पाठशालाका प्रिन्सीपल विष्णु हमाल, स्थानीय नन्दबहादुर वली, जयकुमार वली, पवित्रा घर्तीलगायतकाले भनाई राखेका थिए । यस विषयमा उक्त गाउँमा पिउने पानीको समस्या समाधानका लागि अग्रसर घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले अबको केही दिनमा नै सबै सरोकारवाला निकाय र स्थानीयबासीको सक्रियतामा दुबै टोलमा पर्याप्ता पानी पुग्ने गरी काम भैरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस