ताजा अपडेट

रोल्पामा प्रमुख जिल्ला अधिकारी घिमिरे आएपछि उल्लेखनीय सुधारका काम सम्पन्न,के-के भए?

होलेरी- रोल्पा जिल्लामा प्रमुख जिल्ला अधिकारीका रुपमा घिमिरे परमानन्द घिमिरे आएपछि चौतर्फी सुधारका कामहरु भएको छ।

जिल्ला प्रशासन कार्यालयको पहलमा प्रशासनिक कामहरुलाई चुस्तदुरस्त बनाउन,सार्वजनिक सवारी सञ्चालनमा विभिन्न नियम पालनामा तदारुकता,निर्माण ब्यबसायीहरुले निर्माणमा ढिला सुस्ती गरेका आयोजनालाई ठेक्का रद्द तथा कडाई लगाएतका महत्वपूर्ण कार्यहरू भएको पाइएको छ।

पहिले-पहिले राष्ट्रिय परिचयपत्र र राहदानी बनाउने काममा
जिल्ला प्रशासन कार्यालय पुग्ने सर्वसाधारणहरु हप्ता दिन बढीसम्म लाईनमा बस्नुपर्ने बाध्यता रहेको थियो।तर रोल्पामा प्रमुख जिल्ला अधिकारी घिमिरेले जिम्मेवारी सम्हालेको केही समयमै नागरिकले आफ्नो कार्यालयको काममा सास्ती पाएको देखेपछि उहाँले आवश्यक ब्यबस्थापन गरेर हाल राष्ट्रिय परिचयपत्र र राहदानी बनाउनेहरुले एकैदिनमा काम सकेर घर फर्कने ब्यबस्थापन गर्नु भएको छ।यसले रोल्पाका सर्वसाधारणहरुका आर्थिक र समय दुबैमा बचौट हुने गरेको सेवाग्राहीहरुको भनाई छ।

प्रमुख जिल्ला अधिकारी घिमिरेकै निर्देशनमा रोल्पा जिल्ला भित्र गुड्ने सार्वजनिक सवारीहरुलाई दुर्घटना न्यूनीकरणका लागि विभिन्न नियमहरु लागू गरिएको छ।`यातयातका छेत्रमा सुधारका प्रयास जारी राखेकै छौँ।बिलबुकमा भन्दा बढी सिट थपेका सिट हटाउने, टाइम कार्ड लागु,चालक स-हचालकको पोशाक,भाडा समायोजन लगायततका कार्य गरेका छौँ।कडाईका शाथ कार्यान्वयन गरिरहेका छौँ´-प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नू भयो।
त्यस्तै आइतबार रोल्पा सदरमुकाम लिवाङदेखि दाङ जादै गरेको रा १ ख २५५६ नम्बरको यात्रुबहाक बसले ट्राफिक नियम उल्लंघन गरेर हुडमा यात्रु राखेको भन्ने सूचना पाए लगत्तै प्रमुख जिल्ला अधिकारी घिमिरेको ठाडो निर्देशनमा ईलाका प्रहरी कार्यालय होलेरीले उक्त बस होल्ड गरेर नियन्त्रणमा लिएको छ।चालकहरुको लापरबाहीले सवारीमा सवारी सबै यात्रुहरुको ज्यान जोखिममा रहने भएकाले ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई कडा कारबाही गरेर मात्रै छाडिने उहाँले बताउँनु भएको छ।

दुर्घटना न्यूनिकरण गर्न आकस्मिक चेक जाँच,बजार अनुगमनमा तिव्रता,जन प्रतिनिधि र कर्मचारीलाई पालिकामा गएर सेवा प्रवाह लगायतमा सचेतना, सामुदायिक प्रहरी साझेदारीका कार्यक्रम मार्फत बालबिवाह,आत्महत्या,मापसे,लागुऔषध दुरुपयोग आदि विरुद्धका विषयमा सचेतना कार्यक्रम तीब्र रुपमा सञ्चालन गरिएको छ।

विकास निर्माणका काममा आवश्यक समन्वय,विद्युत बिस्तारमा पहल ,मिटर रिडिङमा सुधारका प्रयास आदिमा जिल्ला प्रशासन कार्यालयले सुधारका कामहरु गरिरहेको पाइएको छ।यसका शाथै भौतिक पुर्वाधार निर्माण कार्यमा व्यवसायीहरुले ढिला सुस्ती गरेका बिभिन्न आयोजना हरुलाइ सञ्चालनमा चेतावनी दिइनुका शाथै ठेक्का तोड्न सम्बन्धित कार्यालयलाई ताकेता गरि केही ठेक्का तोडिएका तथा केहिमा तिव्रता आएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय रोल्पाको पहलमा तिला वजारमा सडक निर्माणमा सहजिकरण, नेपाल विद्युत प्राधिकरणको ठेक्का तोड्ने,ढिलासुस्ती गरेको सडक पुर्वाधारको एउटा ठेक्का तोडिएको तथा अन्यमा कार्यमा तिव्रता दिएर लिवाङ दारबोट सडक र रोल्पा अस्पताल को काम सम्पन्न गरिएको छ।

प्रमुख जिल्ला अधिकारीका रुपमा घिमिरे आएयता रोल्पा जिल्ला स्थित नेपाली सेनाको गणवाट नेपाली सेनामा गत रोल्पाबाटै वर्षमा १०० जना जवान भर्ना गर्ने कार्यक्रम ल्याइएको छ।करिब ७० जना रोल्पाका युवायुवतीहरु नेपाली सेनाको जवानमा भर्ना भएका छन्। यस्तै यस बर्ष ७५ जनाको भर्ना प्रक्रिया चलिरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउँनु भएको छ।

उहाँकै अगुवाईमा जिल्लामा पहिलोपटक सबै ईलाकास्तरमा पुगेर जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले संयुक्त रुपमा सार्वजनिक सुनुवाई समेत सम्पन्न भएको छ।सर्वसाधारणहरु सहितको सहभागीता सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेर प्रशासनले गरेका काम कारबाहीबारे जानकारी दिने र सर्वसाधारणहरुका प्रश्न,जिज्ञासा तथा गुनासो सुनेर सम्बोधन गर्ने गरिएको छ।

आफ्नो कार्यकाल अवधिभर प्रणालीमा अझै सुधार गरेर नागरिकलाई सहजता प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउँनु भएको छ।

प्रतिक्रिया दिनुहोस