होलेरी- प्रसस्त खोटे सल्ला पाइने रोल्पाको चिन्नेखर्क सामुदायिक बनमा मापदण्ड बिपरित स-साना सल्लाका रुखबाट पनि खोटे निकालिएको भनेर सनिवार होलेरी खबरले बन प्राविधिक सहित मापदण्ड चेकजाँच गर्दा लापरबाही पुष्टि भएको समाचार प्रकाशन गरेपछि यस बिषयमा आइतबार चिन्नेखर्क सामुदायिक बन उपभोक्ता समिति र रुन्टिगढी सव-डिभिजन बन कार्यालय होलेरीको ध्यानाकर्षण भएको छ।
आइतबार बिहान करिब ८ बजे बन उपभोक्ता समिति पदाधिकारी सहित सव-डिभिजन बन कार्यालयका प्रमुख सहित चिन्नेखर्क सामुदायिक बनको सम्बन्धित स्थलमा पुगेर खोटो निकालिएको रुखहरु पुनः नापजाँच गरिएको छ।नापजाँचका क्रममा केहि रुखहरुमा सरकारले जारी गरेको खोटो संकलन कार्यविधि २०६४ बिपरित ३२-३४ इन्चका रुखहरुमा पनि खोटो निकालिएको पुष्टि भएको छ।
चिन्नेखर्क सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष डिलमन बुढाथोकीले उक्त स्थानमा खोटो निकाल्न लागिपरेका मज्दुरहरुले कमजोरी गरेको बताएका छन्।अन्य स्थानहरूमा आफूहरूले समयसमयमा अनुगमन गरेको भएपनी उक्त स्थानमा अनुगमन गर्न छुटेकाले आफूहरू बेखबर रहेको बताएका छन्।खोटो संकलन कार्यमा कुनै किसिमको लापरबाही देखोएमा त्यसको जिम्मेवार सम्बन्धित खोटो कम्पनी रहनु पर्ने सामुदायिक बनको निर्णय रहेको बताउँदै आगामी दिनमा मापदण्डहरुलाई पुर्ण पालना गराउन आफूहरु लागि पर्ने बताएका छन्।
त्यस्तै उक्त स्थानमा निरीक्षण तथा छानबिनमा पुगेका रुन्टिगढी सव-डिभिजन बन कार्यालयका प्रमुख बन अधिकृत ओलि मोहम्मद रायेनले निरीक्षणका क्रममा केहि मापदण्ड बिपरितका रुखहरुमा खोटो निलाइएको लापरबाही पाइएकाले आगामी दिनमा शुरुमै खोटो संकलन गर्ने मज्दुरहरुलाई मापदण्ड अनुसारको प्रशिक्षण दिएर मात्र कार्य गराउनु पर्ने बताएका छन्।आगामी दिनमा सामुदायिक बनहरुमा लापरबाही देखिएमा कानुन अनुसार अगाडि बढ्ने उनले सचेतनात्मक निर्देशन समेत दिएका छन्।
करिब २ घण्टाको निरीक्षण र छलफलपछि सम्बन्धित निकायहरुले त्रुटिहरुलाई सुधारिएर लैजाने प्रतिबद्धता जनाएका छन्।
भिडियो