होलेरी- रुन्टिगढी गाउँपालिका भित्रका सामुदायिक बन भित्र खोटो संकलन गर्ने कार्यमा लापरबाही देखिएको छ।
बनहरुमा रहेका खोटे सल्लाका रुखबाट खोटो संकलन गरिदै आएको छ।रुन्टिगढी गाउँपालिका वडा नं ७ मा अवस्थित चिन्नेखर्क सामुदायिक बन भित्र मापदण्ड नपुगेका स-साना सल्लाका रुखहरुमा पनि खोपेर खोटो संकलन गरिएको पाइएको छ।
नेपाल सरकारले खोटो संकलन गर्ने स्पष्ट मापदण्ड सहित खोटो संकलन कार्यविधी २०६४ समेत जारी गरेको छ।तर चिन्नेखर्क सामुदायिक बनको हाता भित्र खोटो संकलन कार्यमा चरम लापरबाही गरिएको पाइएको छ।नेपाल सरकारको कार्यविधी अन्तर्गत १ मिटर ३० सेन्टोमिटर ब्यास भएका रुखहरुबाट खोटो संकलन गर्नु पर्ने हुन्छ।रुखको गोलार्ध कम्तीमा ३६ इन्च माथि हुनु पर्दछ।त्यसैगरी खोटो निकाल्न गमला टासिएको ठाउँमा खोटो संकलन कार्य सकिएपछि खोपिएको घाउलाई पुनर्स्थापना गर्न तथा उक्त रुखको आयु बढाउनका लागि गोबर वा माटोले लेपन गर्नु पर्ने हुन्छ।
चिन्ने खर्क सामुदायिक बनमा स-साना सल्लाका बृक्षहरुमै खोटो निकाल्न खोपिएको पाइएपछि सनिवार रुन्टिगढी सव-डिभिजन बन कार्यालय होलेरीसंग जवाफ माग्दा त्यहाँका कार्यालय प्रमुख बन अधिकृत ओलि मोहम्मद रायेनले आफू भर्खरै सरुवा भएर आएकाले यसबारे बेखबर रहेको बताए।टिम होलेरी खबरले सम्बन्धित स्थलमै त्यहाँका कर्मचारीहरुलाई लगेर जाने बताएपछि सनिवार कर्मचारी पठाएर अनुगमन गर्ने आश्वासन दिए।तर केहि समय पहिले होलेरी खबरले सार्वजनिक बिदाका दिन सरकारी सवारी दुरुपयोग गर्नु हुन्न भनि रेपोर्टिङ गरेको कुरालाई इङ्गित गर्दै सनिवार सरकारी सवारी नचलाउने बिषयान्तर गर्न खोजे।
हामिले बन क्षेत्र जस्तो संवेदनशिल बिषयबस्तुमा भैरहेको लापरबाही र प्राकृतिक रुमा निम्तिन सक्ने हानी/नोक्सानीको कू-प्रवृत्ति सुधार गर्न पहल गर्दिन दबाब सृजना गरेपछि उनी आफू अस्वस्थ भएकाले आफू मातहतको कर्मचारी बनरक्षक पदमा कार्याररत भरतमणी शर्मालाई सम्बन्धित स्थलसम्म पठाउने बताए।
उनीहरुले सनिवार पास बिना सराकारी मोटरसाइकल नचलाउने अठोट गरेपछि हामिले त्यसलाई स्विकार गर्दै हाम्रै मोटरसाइकलमा बन रक्षक शर्मालाई करिब ३ किलोमीटर चिन्ने खर्क सामुदायिक बनको भुभागसम्म पुर्यायौँ।फिता लगेर गएका बन रक्षक शर्माले एक-एक गरि सल्लाका रुखहरु नाप्न शुरु गरे।उक्त स्थानमा आधा जति रुखहरु ३० देखि ३४ इन्चका मात्रै प्रमाणित रहेका पुष्टि भए।जबकी खोटो संकलनको कार्यविधी अनुसार कम्तीमा ३६ इन्च भन्दा माथी हुनुपर्ने हुन्छ।तर ति कलिला रुखहरुमा एक पटक होईन दुई पटक होईन पाचौँ बर्ष अघि देखि निरन्तर खोटो निकालि सकेको थियो।
खोटो निकाल्न खोपिएको कुनैपनि चोटहरु निको पार्न गोबर वा माटोको प्रयोग गरिएको थिएन।प्रत्येक रुखहरुमा चोटैचोटहरु बनाइएको छ।जसभित्र आधा जति रुखहरु कलिला छन्।मापदण्ड अनुसार ति रुखहरुबाट खोटो निकाल्ने बेला भएको छैन।
मापदण्ड बिपरित भएका यस्ता लापरबाहीका विरुद्ध आफूहरूले प्रचलित नीति/नियम अनुरुप छानबिन गरेर कारबाही अगाडि बढाउँने रुन्टिगढी सव-डिभिजन बन कार्यालय होलेरीका प्रमुख बन अधिकृत ओलि मोहम्मद रायेनले बताएका छन्।
साना रुखहरुमा किन चोट पुर्याउँनु हुँदैन?
रुख बृक्षहरु अन्त्यन्त महत्वपूर्ण छन्।पर्यावरण सन्तुलन कायम गर्न र समस्त चराचर जगतको अस्तित्व बचाउन रुख /वृक्ष बिना असंभव छ।यो ध्रुव सत्य कुरा हो।रुखले वातावरणमा अक्सिजन प्रवाह गर्दछ्न् र त्यहीँ अक्सिजन हामी मानिसले लिने गर्दछौँ।र हामिले प्रवाह गर्ने कारबनडाईअक्साइड वृक्षहरुले ग्रहण गर्दछ्न्।यसरी मानव प्राणी र रुखको अस्तित्वमा अन्तरसम्बन्ध रहेको हुन्छ।
रुख वृक्षले बाढी पहिरोको जोखिम कम गर्नुका शाथै जलसंग पनि वृक्षको अन्तरसम्बन्ध रहने गर्दछ।रुख वृक्षले मरुभूमिलाई हरियाली बनाउन सक्दछन्।रुख/वृक्षहरुका फाइदा र महत्व शब्दमा व्याख्या गर्न सकिन्न।
ठुला रुखका तुलनामा स-साना कलिला रुखहरुमस वृद्धि बिकास पुर्ण रुपले भैसकेको हुँदैन।यस्तो अवस्थामै उनीहरुलाई चोट पुर्याउँदा ति रुखहरु मुर्झाउने तथा समय अगावै सुक्ने संभावना रहन्छ।
तर ब्यापारीक तथा औद्योगिक प्रयोजनका खोटो निकाल्ने नाममा तिनै रुख वृक्षहरुलाई जथाभावी खोपेर चोट पुर्याउनु भावि पुस्ताका लागि घातक सावित हुन सक्दछ।यसमा सबै निकायहरू समयमै सचेत बन्न आवश्यक रहेको छ।
भिडियो