होलेरी- रोल्पाको होलेरीमा क्षेत्रमा सार्वजनिक बिदाका दिन सेता नम्बर प्लेटका सरकारी सवारी साधनहरु चलाइएको पाइएको छैन।
कार्यालयिक कामले पास लिएर सार्वजनिक बिदाका दिन पनि सरकारी सवारी चलाउन मिल्ने नियम छ।यद्यपि समय-समयमा सरकारी सवारी दुरुपयोग हुने गरेको गुनासोपछि होलेरी खबरले निगरानी बढाउँन शुरूवात गरेको थियो।
सनिवार आज बिहान रुन्टिगढी गाउँपालिकाको केन्द्र होलेरी बजारको एक ग्यारेजमा सरकारी मोटरसाइकल मर्मत भैरहेको थियो।
होलेरी खबर टिमले उक्त सवारीका बारे सोधपुछ गर्दा पालिकाका आन्तरिक लेखा परिक्षण शाखाका दीपक पराजुलीले मोटरसाइकल मर्मत गर्न ल्याएको बताएका थिए।
मर्मतपछि कार्यालयमै लगेर राख्ने उनले बताएका थिए।कार्यालय समय बाहेक पास बिना सरकारी सवारी चलाउन नमिल्ने भन्दै उनी आफैले जिम्मेवारपुर्ण तर्क गरेका थिए।
मोटरसाइकल मर्मत गर्न आवस्यक पर्ने कार्यालयको कुनैपनी कागजात भने उनिसंग थिएन।
दक्षिण रोल्पामा सरकारी सवारी दुरुपयोगको क्रम रोकिन थालेको छ।
भिडियो