होलेरी- अवैध रुपमा बिक्रि गर्न ल्याइएको कुखुराको चल्ला जफत गरेर नष्ट गरिएको छ।
धनगढी ठेगाना बताउँने दुई अधबैंसे पुरुषहरुले गाउँमा बिक्रि गर्न लैजादै गरेको चल्लाहरु ईप्रका होलेरीले जफत गरेर रुन्टिगढी गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष चेतलाल खत्री,भेटेनरी शाखा होलेरीका श्याममणी बि.क.स्थानिय सञ्चारकर्मीहरुको उपस्तिथिमा करिब साढे ५ सय चल्लाहरु नष्ट गरिएको हो।
दाङसम्म बेच्ने अनुमती लिएर उक्त चल्लाहरु रोल्पामा बेच्ने अनुमति नलिएको हुँदा अबैध मानिने भएकाले नष्ट गरिएको भेटेनरी शाखा होलेरीका श्याम मणि बिश्वकर्माले जानकारी दिनु भयो।
यस बिषयमा ईलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक देविप्रशाद गैरेले केहि बोल्न चाहानु भएन।
ईलाका प्रहरी कार्यालयले अवैध चल्लाहरुको मुचुल्का तयार गरेर भेटेनरी कार्यालयलाई जिम्मा लगाएको थियो।
त्यस लगत्तै ईलाका प्रहरी कार्यालय होलेरी भन्दा करिब ५ सय मिटर मुनि गाडेर नष्ट गरिएको हो।