होलेरी- रोल्पाको रुन्टिगढी गाउँपालिका सधै चर्चामा रहिरहने गर्दछ।
रुन्टिगढी गाउँपालिका अनेकौं संभावनाले भरिएको स्थानिय तह भएकाले चर्चा हुने गर्दछ।अर्को रुन्टिगढी गाउँपालिकामा निर्वाचित अध्यक्षहरुले गर्ने मनोमानी गतिविधिले यो पालिका बारम्बार चर्चामा आउँछ।
राजनैतिक वृत्तमा राजनैतिक खिचडि पकाउन पनि यहाँ विभिन्न चलखेलहरु हुने गर्दछ्न्।
२०७४ शालको स्थानिय तहमा निर्वाचित तत्कालीन अध्यक्ष बालाराम बुढाले ५ बर्षसम्म गरेका काम हालका पालिका अध्यक्ष जनक पुनले आफ्नो कार्यकालको १८ महिनामै गर्न भ्याएका छन्।
तत्कालीन समयमा बुढा मगर अध्यक्ष पदमा रहँदा उनले गरेका गतिविधिहरुको तत्कालीन नेपाली काङ्ग्रेस रुन्टिगढी गाउँ समितिका सभापति जनक पुनले खरो रुपमा विरोध गरेका थिए।
रुन्टिगढी त्यसबेला देखि सधै चर्चामै रहि रह्यो।२०७९ को स्थानिय तहको निर्वाचनमा उनै जनक पुन नेपाली काङ्ग्रेसबाट पालिका अध्यक्षमा निर्वाचित बने।
तर अध्यक्ष पुनले उहि लय समातेर अगाडि बढे।
तत्कालीन अध्यक्ष बालाराम बुढा मगर निर्वाचित भए लगत्तै स्थानिय एकजना सञ्चारकर्मीलाई थर्काएर चर्चामा आएका थिए।हालका अध्यक्ष जनक पुन पनि निर्वाचित भए लगत्तै स्थानिय अर्का एकजना सञ्चारकर्मीलाई फोनमा थर्काएर उहीँ लयमा हिडे।
यहाँबाट पद एउटै पात्र फरक तर प्रवृत्ति उस्तै हुन पुग्यो।
तत्कालीन पालिका अध्यक्ष बुढाले भौतिक संरचना निर्माणहरु भने उल्लेखनीय रुपमा गरेका थिए।
तत्कालीन स्थानिय सरकारको खरो विरोध गरेर नेतृत्वमा पुगेका अध्यक्ष पुनले पक्कै नयाँ-नयाँ सृजात्मक कार्य गर्लान् भनेर जनताले अपेक्षा गरेका थिए।
तर उनी पनि पुरानै लयमा हिडिरहेका छन्।कर्मचारी नियुक्तिका बिषयमा पनि उस्तै गतिविधि देखिएको छ।
तत्कालीन पालिका अध्यक्षले होलेरी खबरसंग दिएको एउटा अन्तर्वार्तामा हालको सरकारले पालिकालाई भर्ती केन्द्र बनाएको आरोप लगाए।
झण्डै दर्जन बढी काङ्ग्रेस निकटका मान्छे विभिन्न करार पदमा नियुक्ति गरिएको खबर सार्वजनिक भएको केहि दिन पछि दरबन्दीको बिज्ञापन आह्वान गरेर कृषि साखामा कार्यालय सहयोगी नियुक्ति गरेको कुराले झनै हलचल मच्चियो।
त्यसको प्रत्युत्तरमा होलेरी खबरसंगको एक अन्तर्वार्ताका क्रममा हालका पालिका अध्यक्ष पुनले तत्कालीन सरकारले त्यो बेला एमालेको बिचार राख्ने भन्दा कुनै पनि कर्मचारी नियुक्ति नगरेको बताए।
त्यसपछि तत्कालीन अध्यक्षले बनाएको कार्यबिधीलाई टेकेर बिज्ञापन नगरेरै कर्मचारी नियुक्ति गरेको बताए।
कर्मचारी नियुक्ति गर्ने सवालमा भने तत्कालीन अध्यक्ष बुढा मगरले ५ बर्षसम्म गरेको कार्यमा हालका अध्यक्ष पुनले १८ महिनामै हुबहुँ गर्न भ्याएका छन्।