होलेरी- नेकपा (एमाले) रुन्टिगढी गाउँ कमिटीले बिहिवार पत्रकार सम्मेलन गरेर बिज्ञप्ति जारी गरेको छ।
बिज्ञप्तिमा स्थानिय सरकार रुन्टिगढी गाउँपालिकाले कर्मचारी नियुक्ति र विभिन्न गतिविधिमा एकलौटी ढंगबाट मनपरि गतिविधि गरिरहेकाले तत्काल आफ्नो गतिविधि नसच्याए नेकपा एमाले रुन्टिगढी जनतासहित बिरोधमा उत्रने चेतावनी दिएको छ।
नेकपा एमाले रुन्टिगढी गाउँ कमिटी अध्यक्ष अमराज बस्नेतले बिहिबार दिउँसो स्थानिय सञ्चारकर्मीहरु माझ होलेरी जुर्नेटा रहेको आफ्नो पार्टी कार्यालयमा बिज्ञप्ति सार्वजनिक गरेका हुन्।