ताजा अपडेट

होलेरीको देवि भगवती मन्दिरको जग्गामा मार्किङ गरेर मन्दिर पुनर्निर्माण गर्ने निर्णय

होलेरी- होलेरी बजारको तिला जाने मोडनेर देवि भगवती मन्दिरको जग्गा मार्किङ गरेर निर्माण गरिएका ब्यक्तिका संरचनाहरु खाली गर्ने सहितको निर्णय गरिएको छ।

बिहिवार होलेरी बजार ब्यबस्थापन समितिको आयोजनामा सम्पन्न सर्वदलीय सर्व पक्षिय बैंककले मन्दिरको जग्गा खाली गराएर उक्त स्थानमा देवि भगवतीको मन्दिर पुनर्निर्माण गर्ने प्रस्तावमा छलफल गरेर निर्णय गरिएको छ।

बैंठकमा रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन र निवर्तमान पालिका अध्यक्ष बालाराम बुढा मगर लगाएत स्थानिय शुरक्षाकर्मी,जनप्रतिनिधि,राजनैतिक दल,सञ्चारकर्मी,व्यापारी र सर्वसाधारणहरुको सहभागीता रहेको थियो।

मन्दिर बनाउने प्रस्तावमा छलफल गरेर माघ १५ गते बजार ब्यबस्थापन र स्थानिय सरकारले मन्दिरको जग्गा नापजाँप गरेर मार्किङ गरि सक्ने निर्णय गरिएको छ।

मार्किङ कार्य सकेपछि उक्त स्थानमा रहेका संरचनाहरु हटाएर मन्दिर पुनर्निर्माण गर्ने निर्णय उल्लेख गरिएको छ।

निर्णय

२०२७ शालमा निर्माण गरिएको देविभगवती मन्दिरको जग्गा मन्दिरमै नाममा नापी समेर रहेको छ।होलेरी बजारको नक्साको कित्ता नं ७७ मा स्पष्ट मन्दिरको चित्र अङ्कित गरिएको छ।

यद्यपि तत्कालीन माओवादी जनयुद्धका समयमा उक्त मन्दिर संरक्षित हुन पाएन।

२०६२/०६३ शाकको शान्ति सम्झौतापछि उक्त स्थानमा मन्दिर पुनर्निर्माण गर्ने सम्बन्धित सरोकारवालाहरुको चासो नगएपछि स्थानियहरुले ब्यक्तिगत संरचना निर्माण गरेका छन्।

पटकपटक कुरा उठाइदै आएको उक्त स्थानमा संरचना हटाएर मन्दिर पुनर्निर्माण गर्ने निर्णयहरु यस अघि पनि भएका छन्।यद्यपि कार्यान्वयन भने हुन सकेको थिएन।

बिहिबार पुनः यस बिषयमा सर्वदलिय छलफल सहित निर्णय भएको छ।कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने सर्वसाधारणको चासोको बिषय बनेको छ।

यससंगै बजार ब्यबस्थापनले बसपार्क निर्माण,सरसफाइ कार्यक्रम,सडक बत्ति थप्ने लगाएतका निर्णयहरु पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस