ताजा अपडेट

रोल्पामा आत्महत्या दर घट्दो क्रममा छ,अझै न्यूनीकरणमा छौँ:प्रहरी नायब उपरीक्षक शारु मगर

रोल्पा- रोल्पामा आत्महत्या दर घट्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी उपरीक्षक श्याम शारु मगरले जानकारी दिनु भएको छ।

बुधबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको सम्पन्न होलेरीको सार्वजनिक कार्यक्रममा डिएसपी शारु मगरले २०७७/०७८ भन्दा २०७८/०७९ मा आत्महत्या गर्नेहरुको संख्यामा कमि आएको र २०७९/०८० मा अझै कमि आएको बताउँनु भएको हो।

उहाँका अनुसार २०७७/०७८ मा बिष सेवन गरेर आत्महत्या २४ जना,आत्महत्या दुरुत्सान १ र झुण्डिएर ५६ जना गरि रोल्पामा जम्मा ८१जनाले आत्महत्या गरेका थिए।

त्यसपछि २०७८/०७९ मा आत्महत्यादरमा केहि कमि आयो त्यस बर्ष ९.७८ प्रतिशत कमि आएको थियो।१८ जना बिष सेवन,आत्महत्या दुरुत्सान ३ जना,हाम फालेर १ जना र ५१ जनाले झुण्डिएर ५१ जना गरि जम्मा ७३ जनाले आत्महत्या गरेका थिए।

२०७९/८० सम्म आइपुग्दा जिल्लामा आत्महत्याको दरमा बराबर रुपमा कमि आएको छ।१३ जनाले बिष सेवन,आत्महत्या दुरुत्सानमा २ जना,हाम फालेर एक जना र झुण्डिएर ५० जना गरि जम्मा ६६ जनाले आत्महत्या गरेको डिएसपी शारु मगरले जानकारी दिनु भएको छ।
२०७८/०७९ को तुलनामा ९.५९ प्रतिशतले कमि आएको छ।
आत्महत्या न्यूनीकरणमा जिल्ला प्रहरीले कार्य योजनानै बाएर ब्यापक्क रुपमा अघि बढेपछि पछिल्लो तथ्यांक सुधारोन्मूख रहेको उहाँले बताउँनु भएको छ।

प्रतिक्रिया दिनुहोस