ताजा अपडेट

अघिल्लो सरकारको निर्णयमा टेकेर कर्मचारी नियुक्ति गरेका छौँ:रुन्टिगढी अध्यक्ष पुन (भिडियो सहित)

होलेरी- कर्मचारी नियुक्तिको बिषयमा घोटाला गरेको आरोपमा विवादित बनिरहेको रोल्पाको रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले ठाडो इन्कार गरेका छन्। अध्यक्ष पुनले स्वार्थ नमिलेका कारण केहि समुह आफ्नो खेदो गर्न लागि परेको भन्दै आफ्ना सबै गतिविधि सतप्रतिशत ठिक भएको दावी गरेका छन्।

अघिल्लो सरकारले मनोमानी ढंगले काम गरेको तर आफूले सबैलाई साझा देखेर समेटेर गएको बताएका छन्। पालिका अध्यक्ष पुनले निर्वाचित भए यता स्थानिय सरकार सञ्चालन ऐन अन्तर्गत रहेर काम गरेको ठोकुवा गरेका छन्।

विविध बिषयमा केन्द्रित रहेर होलेरी खबरका प्रमुख नन्दराम खड्काले संवाद तयार गर्नु भएको छ।

अध्यक्ष ज्यु होलेरी खबरमा स्वागत छ।

धन्यवाद।

पछिल्ला दिनहरु कसरी बितिरहेका छन् अध्यक्ष ज्यु?

म जिम्मेवारी अनुसार पालिकावासीका हकहितमा रुन्टिगढी गाउँपालिकाका जनताका कुराहरूमा यो समाजलाई माथी उठाउने काममा ब्यब्स्त छु। तपाई पालिका अध्यक्ष सहित नेपाली काङ्ग्रेसको गाउँ कार्यसमिति सभापति पनि हुनुहुन्छ।

करार कर्मचारी नियुक्तिमा तपाईंले काङ्ग्रेसका कार्यकर्ता भर्ती गर्दिनु भो भन्ने छ नि त?

पहिलो त म यहाँको सार्वजनिक मान्छे हो।नेपाली काङ्ग्रेसबाट उम्मेदवार बने र जनताले अनुमोदन गरिदिएपछि म साझा भुमिकामा छु।मैले काङ्ग्रेस माओवादी एमाले कोहिपनि चिन्दैन। तपाईं रुन्टिगढी काङ्ग्रेसको सभापति पनि त हो नि हाल? सभापति पनि तर म यो कुर्सीमा बसेर मैले काङ्ग्रेस चिन्दैन।यहाँबाट बाहिर गएको बेला पार्टी कार्यालय गएको बेला काङ्ग्रेस त्यहाँ काङ्ग्रेस चिन्छु।

तर आरोप छ तपाईलाई आफ्ना कार्यकर्ता सतप्रतिशत भर्ना गर्नु भाछ तपाईले?

आरोप त पुष्टि गर्न सक्नु पर्यो नि त्यो क्षमता राख्नु पर्यो नि?प्रतिस्पर्धाबाट आउँने आफ्नो क्षमता प्रदर्शन गरेर आउँने मान्छेलाई काङ्ग्रेस देख्छ?एमाले देख्छ?यहाँ थुप्रै शाथीहरु गाउँपालिका भन्दा बाहिरबाट आउँनु भाछ।थुप्रै नेपाली काङ्ग्रेसको आस्था भन्दा बाहिरबाट जोडिनु भाछ। भेगिए हिसाबमा करारमा दाङका मान्छे जोडिनु भाछ।रुकुमबाट जोडिनु भाछ।भागबन्डाको मतलब भएन हामिले क्षमताका अधारमा कर्मचारी नियुक्त गरेका छौँ।आरोपका नाममा आरोप लगाउने केही स्वार्थ मिलेन केहि इन्टेन्सनका कुरा मिलेन भनेर आरोप लगाउन मिल्छ?

निवर्तमान पालिका अध्यक्ष बालाराम बुढा ज्युले भन्नू भको छ तपाईं निर्वाचित भएयतानै कार्यकर्ता भर्ती केन्द्र बनाउनु भयो स्थानिय सरकारलाई।करिब १०-१२ जना काङ्ग्रेसका मान्छे कर्मचारी बनाएर राख्नु भाछ तपाईंले?

आफू हुँदा आफू रहँदा आफूले के गरियो भन्ने कुरा म सुझाउन चाहान्छु।हिजोको दिनमा अहिले हामी निर्वाचित भएर आइसकेपछि समग्र आस्था भएका मान्छेहरू क्षमताका आधारमा यहाँ छनोट हुनुभएको छ। तर हिजोको इतिहासलाई हेर्ने हो भने खास गरेर भन्ने हो भने राजनैतिक आस्थाको कुरा जोड्नु भयो।हिजो एमाले निकट एमालेको बिचार राख्ने मान्छे भन्दा यो मान्छे चाहिँ काङ्ग्रेस निकटको यो मान्छे चाहिँ माओवादी निकटको भनेर उहाँके कुन चाहिँ मान्छे भर्ना गर्नु भो? साच्चै भन्ने हो भने निस्पक्षता त हिजोको त्यहाँ देखिन्छ र?निस्पक्षता जनक गरेको काम हो।अहिलेको स्थानिय सरकारले गरेको निस्पक्षता हो।भुगोलको हिसाबले दाङ प्युठान,रुकुमबाट आस्थाका हिसाबले एमाले निकट,माओवादी निकट र काङ्ग्रेस निकट सबै जोडिनु भाछ।हेर्ने दृष्टिकोणमा परिबर्तन गर्नु पर्छ भन्ने मेरो बुझाई हो।

तर तपाईं एकलवाद हावी गरेर मनपरि गर्नु भयो भन्ने छ नि?कृषि शाखाको कार्यालय सहयोगीमा पनि तपाईले यहि पालिकाको कार्यपालिका सदस्यको बुहारी नाता पर्ने एकजनालाई नियुक्ति गर्नु भयो कुनै बिज्ञापन जारी नगरेर?

एकलवाद र बहुलवावदको परिभाषा स्पस्ट हुनु पर्छ भन्ने मेरो भनाई छ। पालिका अध्यक्ष जनक पुन मनोमानी ढंगले अगाडि बढ्नु भो भन्ने छ नि? एकलवाद भनेको के उत्तर कोरियाली तानाशाही प्रवृत्ति हो यो?त्यो पद्धति छ रुन्टिगढी गाउँपालिकामा?जनताले निर्वाचित गराएर पठाइ सकेपछि समग्र जनताको आवाज र भावना संगै हामी अगाडि बढि रहेका छौँ।निर्णय गर्दा खेरी हामिले समग्र बिषयबस्तुमाथि छलफल गर्छौँ र त्यसपछि आएको निचोडलाई हामी कार्यान्वयन गर्छौँ।यसलाई एकलवाद भन्छ?पछिल्लो समयमा नियुक्त हुनु भएको हाम्रो कार्यालय सगयोगीको बारेमा तपाईंले लेख्नु भएको छ।प्रश्न उठाउनु भएको छ।कम्तीमा प्रश्न उठाउँदा खेरी निति,विधि र पद्धतिको बारेमा बुझ्न जरुरी छ।प्रश्न कर्ताले प्रश्न बुझेर प्रश्नको उत्तर थाहा पाएर मात्रै प्रश्न उठाउन जरुरी छ।

अन्य कार्यालय सहयोगी नियुक्ति गर्दा खेरी तपाईहरुले बिज्ञापन जारी गर्नु भएको छ।यसपालि किन गर्नु भएन?

त्यसको पद्धति छ।कार्यालय सहयोगीहरुको धेरै प्रकार छ।स्थायी हुन्छ।अस्थायी हुन्छ।करार र ज्यालादारी हुन्छ।यसको सेलेक्सन गर्ने भर्ना गर्ने यसका आआफ्ना प्रक्रिया र पद्धतिहरु हुन्छन्।अहिले भर्ना भएको कार्यालय सहयोगी ज्यालादारीमा भर्ना हुनुभएको छ।उहाँ हप्ता दिनमा पनि जानसनु हुन्छ।प्रत्येक दिनको हाजिर अनुसार तलब खाने हो।

तर सरकारले कर्मचारी नियुक्त गर्ने भएपछि जुनसुकै पद र अवस्थामा सबैला आवेदन दिने अधिकार खुल्ला राख्दिनु पर्ने होईन र अध्यक्ष ज्यु?

यो साझा होइन?स्थानिय सरकारले आफ्नो कार्यबिधी बनाएर आफ्नो ऐन,नियम अनुसार कर्मचारी भर्ना गर्ने ब्यबस्था छ।त्यो ब्यबस्था अनुसार कर्मचारी भर्ना गर्छ।भनेपछि यहाँ स्थानिय सरकारले कतै गलत गरेको छ?विधि र पद्धति अनुसार गरेको छ।कहाँ नेर गलत भएको छ?भन्न सक्नु हुन्छ?

गुपचुपमा बिना सूचना कर्मचारी नियुक्ति गर्नु भको छ प्रश्न उठाउने ठाउँ त दिनु भएकै छ नि?

बिज्ञापनको सूचना टास नगराएर भर्ना गर्यो भन्ने छ।सूचना हक स्वभाविक रुपमा सबैसंग हुन्छ।तर आफ्ना अभिव्यक्तिहरु राख्नु अघि निति,विधि र पद्धतिको बारेमा बुझ्न जरुरी छ।हामी नीति र विधि संवत छौँ।स्थानिय सरकार सञ्चालन ऐनले बनाएको कार्यबिधी अनुसार हामी अगाडि बढेका छौँ।हाम्रो नियम अनुसार गरेका छौँ।यो नियम पनि मैले बनाएको हो?हिजोको स्थानिय सरकारको प्रमुखहरुले बनाउनु भएको छ।२०७५ शाल ९ महिना २३ गतेको गाउँसभाको निर्णय नम्बर ६ को बुदाले अधिकार प्रत्याभुत गर्ने भनेको छ। अहिले बिहान मलाई एउटा मिडिया कर्मी शाथीले फोन गर्नु भएको थियो।उहाँ हिजो रुन्टिगढी गाउँपालिकाको प्रेस संयोजक हुनुहुन्थ्यो।उहाँ प्रेस संयोजक हुनुहुन्थ्यो उहाँले बिना प्रतिस्पर्धा बिना सूचना आह्वान तपाईले कसरी कर्मचारी भर्ना गर्नु भो भनेर प्रश्न गर्नु भएको थियो।छ त पद्धति छ।आज मलाई त्यो प्रश्न गर्ने शाथी हिजो को संग प्रतिस्पर्धा गरेर आउँनु भाथ्यो?कहाँ सूचना टास गरिएको थियो। उहाँ त्यत्तिकै आएर आजको हामिले नियुक्ति गरेको जस्तै पद्धतिबाट नियुक्त हुनु भएको हो।त्यसै गरेर हिजो अध्यक्ष ज्यु को छोरीको पनि त कुरा छ।उहाँ पनि त कुन प्रतिस्पर्धाबाट आउँनु भो?कोहिसंग प्रतिस्पर्धा गरेर आको हो?उहाँहरु पनि त्यस्तै ज्यालादारी प्रक्रियाबाट जागिरमा छिर्नु भएको हो।

अध्यक्ष ज्यु तपाईंले हिजो निवर्तमान पालिकाका अध्यक्ष बालाराम बुढा ज्युको तत्कालीन समयमा सबैभन्दा बढी बिरोध जनाउनु भएको थियो।र तपाईंले एउटा सार्वजनिक कार्यक्रममा पनि म बराबर भिजन बनाउने नेता स्थानियस्तरमा छैनन् भनेर।हिजो बालाराम ज्यु ले जे काम गर्नु भाथ्यो वा दोष जति थुपारेर आफू उम्कन प्रयास गर्न मिल्छ?तपाईंको नयाँ कुनै भिजन खै त?

भिजन अनुसार मैले धेरै काम गरेको छु।गरेको कुरा देख्न सक्नु पर्यो।गरेको कुरा लेख्न सक्नु पर्यो।गरेको कुरा भन्न सक्नु पर्यो।काम गर्ने सवालमा केही त्रुटि पनि हुन्छन् ती त्रुटिलाई सच्याउन मौका दिनु पर्यो।तर ति त्रुटिलाई अप ब्याख्या गर्ने केही सञ्चार माध्यमबाट गलत प्रचारप्रसार गर्ने गरि हामि माथी गलत तत्वहरु लागेका छन्।

तपाईंको कुरामा सबैले आँखा बन्द गरेर ताली बजाएपछि सहि नत्र तपाईलाई प्रश्न गर्ने औंला उठाउनेहरु सबै गलत हुन त अध्यक्ष ज्यु?

मैले ताली बजाउनुस भनेको छैन।सहि कुरा लेख्नुस सहि कुरा बोल्नुस्।सहि सूचना प्रवाह गर्नुस।गलत कुरा लेख्ने भ्रामक कुराहरू सम्प्रेषण गरेर समाजलाई बिखण्डन गर्न खोज्ने कुरा चाहिँ म सच्याउन अनुरोध गर्छु।

तपाईं सहि हुँदाहुँदै कुन चाहिँ सञ्चार माध्यमले तपाईंविरुद्ध यस्तो गतिविधि गरेको छ।नामै खुलाउनु न?

मैले यो सब भन्दैन जनताले बुझेका छन्।समाजमा दुई चार जना तत्वहरु छन् जस्ले हामिलाई गलत सावित गर्न खोजिरहेका छन्।

अध्यक्ष ज्यु तपाईं निर्वाचित भैसकेपछि आफ्नो छोरीकै दोहोरो जन्म दर्ता बनाउन आफै सुचक भएर फारम भर्नु भएको होइन र?त्यतिबेला पनि तपाईंलाई अरुले विवादित बनाएका हुन्?

म विवादित भएर त्यो?आफ्ना पद्धति छन् त्यसका भुलचुकमा हुनसक्ने प्राविधिक कुराहरु छन्।प्राविधिक कुराहरु कार्यालयले सम्पादन गर्न सक्छ।पालिकाले त्रुटि गर्ने ठाउँहरुमा सुधार्न सक्ने ठाउँहरु छन्।जानाजान भएको मिस्टेक र अनजानमा भएको मिस्टेकहरु डिफरेन्ट हुन्छ।मैले भनेनी काम गर्ने सवालमा त्रुटिहरु हुन सक्छन्।त्यहिलाई मात्रै देखाउने?गलत कुरालाई मात्रै सम्प्रेषण गर्ने?

अध्यक्ष ज्यु त्यसोभए तपाईंले गर्नु भएका त्रुटिहरु अन्जानमा र प्राविधिक कारण हुने अरुले तपाईंलाई प्रश्न उठाउँदा चाहिँ नियोजित र पुर्वाग्राही हुने यस्तो पनि हुन्छ?

हिड्ने सवालमा कतै ठेस लाग्न सक्छ तर गन्तव्यमा पुग्म सक्छु।त्यो हिम्मत गरेर हिड्ने हो।तर गलत सावित गराउँन खोज्ने नभाका कुरा जनतामाझ सम्प्रेषण गर्ने यो प्रयास छ यसको विरुद्ध हो के म।

तपाईंले सञ्चार जगतलाई विभिन्न आरोप लगाउँनु भयो अध्यक्ष ज्यु आजसम्म प्रेस स्वतन्त्रताका लागि कतै आवाज उठाउँनु भएको छ?बरु उल्टै निर्वाचित भएपछि पत्रकार थर्काएर रेकर्ड कायम गर्नु भएको होईन र?आफ्नो यथार्थ धरातल र इतिहास भुल्नु भयो कि क्या हो?अध्यक्ष ज्यु?

मैले कसलाई थर्काएको छु?म धरातल बिर्सेर होईन टेकेर हिड्ने मान्छे हो।मिडियाकर्मी थर्काएको होईन त्यसलाई सल्लाह गरेको भन्छन्।त्यसलाई सल्लाह सुझाव भनेर बुझ्न पर्छ।थर्काएको भए ज्यान मार्ने धम्कि दिन्थे होला त?

तपाईंले अपमान गरेर हामीसंग तेरो भविष्य जोडिएको छ भनेर स्वतन्त्र पेशाकर्मीलाई धक्माएको बिर्शनु भयो र? यहाँका आम ३०/३५ हजार रुन्टिगढीवासीको भविष्य हामीसंग जोडिएको छ।त्यसैले भनेको हुँ।

सञ्चारकर्मी भनेको देशको चौथो अंग हुन तपाईंलाई प्रश्न गर्न नपाउने?

चौथो अंग हुन तर भ्रामक कपोकल्पित समाचार सम्प्रेषण गर्न पान्नन्।

तपाईंलाई होलेरी खबरसंग आपत्ति भए जस्तो लाग्यो?भन्नुस अध्यक्ष ज्यु कुन सामाग्री कपोकल्पित छ? होलेरी मिडियाको मात्रै कुरा होईन समग्र सञ्चार माध्यसंग जोडिएको शाथीहरुलाई शुझाव हो।

तपाईं निर्वाचित भैसकेपछि रुन्टिगढीको २ वटा मात्रै काम भन्दिनुस त? तपाईंले दुइवटा मात्रै भन्नू भो मैले अलि धेरै काम भन्न सक्छु।हाटबजार सञ्चालन गरेर हाट बजार सञ्चाकन गरेर बिचौलियाबाट किसानलाई जोगाएर करोडौंको तरकारी निर्यात भएको छ। र अर्को सामाजिक शुरुक्षा भत्ता बुझ्न होलेरीमा लाइन लाग्ने गरि कठिन थियो।तर अहिले बैंकहरु भत्ता लगेर वडा वडामा जान्छन्। त्यसो भए तपाईले यहाँको नागरिकको जिबनस्तर उकास्ने गरेको अर्को काम यहि हो हैन्त अध्यक्ष ज्यु? तपाईंले दुई वटा भन्नू भो अर्को सोध्नुस न छ हिम्मत? भन्नुस् अध्यक्ष ज्यु हामी निर्वाचित भएपछि पालिकाभरी ५/७ सय घरमा खानेपानीको धारा बिस्तार गरेका छौँ।

भिडियो

प्रतिक्रिया दिनुहोस