ताजा अपडेट

रुन्टिगढी ९ सखीका स्थानीय जुटे श्रमदानमा,वडा अध्यक्ष खत्री भन्छन:सामाजिक एकतासहितको परिवर्तन गर्छौँ

होलेरी- रुन्टिगढी गाउँपालिका ९ सखिका स्थानियहरु श्रमदानमा जुटेका छन्।

श्रमदानमार्फत एक घर एकधारा अभियानको कामहरू गर्न थालेका छन्।श्रमदानमा स्थानिय जेष्ठ नागरिकहरुसहित,महिला र युवाहरुको पनि सहभागीता रहेको छ।उनीहरुले साविक १ र २ नं वडाको बोहोरा टोल देखि सेलबाङ टोलसम्म खानेपानी बिस्तारमा श्रम गरिरहेका छन्।

गत बर्ष देखि वडा नं ९ को विभिन्न गाउँहरुमा करिब एक सय ५० घरमा एक घर एक धारा सम्पन्न गरि सकेको रुन्टिगढी वडा नं ९ का वडा अध्यक्ष चेतलाल खत्रीले जानकारी दिएका छन्।

`सरकारको रकमले मात्रै पर निर्भर बन्नु हुन्न भन्ने सोचले गाउँवासीहरु स्वस्फूर्त श्रमदानमा जुट्नु भएको छ।आजकाल श्रमदान चलिरहेको छ।यो हामि सामाजिक एकता सहितको रुपान्तरणको अभ्यासमा छौँ भन्ने कुराको आधार हो´- वडा अध्यक्ष खत्रीले भने।

खानेपानीको समस्या रहेको रुन्टिगढी ९ को गुनाम गाउँमापनि लिफ्टिङ खानेपानी योजना सम्पन्न गर्ने प्रक्रियामा पनि आफूहरू लागि परेको उनको भनाई रहेको छ।

`गुनामको लिफ्टिङ खानेपानी योजनाका लागि गत बर्ष
लुम्बिनी प्रदेश र रुन्टिगढी गाउँपालिकाको गरेर २० लाख यस बर्ष ५० लाख तथा गाउँपालिकाको सम्पुरक कोषबाट ५० लाख बजेट पहल हरेका छौँ।आगामी बर्षसम्म हामिले योजना सम्पन्न गर्ने तयारीमा छौँ।आवश्यक परेको खण्डमा श्रमदान गरेरै भएपनि योजना सम्पन्न गर्छौँ- वडा अध्यक्ष खत्रीले भने।

यसका शाथै वडाको सबै ठाउँमा पुर्वाधार बिस्तार र निरन्तरता दिने उनको भनाई रहेको छ।

प्रतिक्रिया दिनुहोस