होलेरी- सरकारबाट प्राप्त हुने अधिकार दावी गर्न पाउँने हर नेपाली नागरिकको संवैधानिक हक हो।
देशको कुनैपनि तहको सरकारबाट आव्हान गरिएको कर्मचारी पदपूर्तिको दरबन्दीमा आवेदन दिन पाउँनु उक्त पदका लागि योग्य र क्षमताबहान नागरिकहरुका लागि बाटो खुल्ला रहन्छ।
लामो राजनैतिक संघर्षपछि प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र ब्यबस्थामा समाज वा देशका प्रत्येक नागरिकको राज्यबाट पाउँने अधिकारमा समानताको हक नेपालको अन्तरिम संविधान २०७२ ले कायम गरेको छ।
संविधानको धारा १८ मा समानताको हक अन्तर्गत बुदा ३ मा प्रष्ट उल्लेख गरिएको छ।
`राज्यले नागरिकहरुबिच उत्पति,धर्म,वर्ण,जात,जाति,लिंग,आर्थिक अवस्था,भाषा,क्षेत्र,वैचारिक आस्था वा त्यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन।´
तर पछिल्लो समय काङ्ग्रेस नेतृत्वमा रहेको स्थानिय सरकार रोल्पाको रुन्टिगढी गाउँपालिकालाई आफ्ना कार्यकर्ता र नातेदारलाई करार दरबन्दीको विभिन्न पदमा गरेर अन्य सहभागीहरुलाई औपचारिकता मात्रै पूरा गरेर आफू निकट ब्यक्तिहरु नियुक्त गरेको आरोप छताछुल्ल बनेको छ।
आइतबार होलेरी खबरसंगको संवादमा निवर्तमान रुन्टिगढी गाउँपालिका अध्यक्ष तथा नेकपा एमालेका प्रदेश कमिटी सदस्य बालाराम बुढामगरले दिएको हालको स्थानिय सरकार रुन्टिगढी गाउँपालिकाले जारी गरेका दरबन्दीमा आफ्ना कार्यकर्ता र नातेदार भर्ती गरिरहेको छ भन्ने अभिव्यक्तिले जनमानसमा तरंग उत्पन्न गरेको छ।
बुढा मगर जस्तो जिम्मेवार तहको सामाजिक ब्यक्तिले बोलेको यस्तो गम्भीर बिषयलाई लिएर सत्यतथ्य पत्ता लगाउँन टिम होलेरी खबरले आफ्नो अप्रेसन अगाडि बढायो।
यधपि अघिल्लो सरकारको नेतृत्व गरेका बालाराम बुढालाई पनि यस्तो किसिमको आरोप भने उनलाई पनि लाग्दै आएको थियो।
सूक्ष्म अनुसन्धानको क्रममा नेपाली काङ्ग्रेसका रुन्टिगढी गाउँपालिका सभापति एवं हालका स्थानिय सरकार नेतृत्व गरिरहेका जनक पुन पालिका अध्यक्ष बनेपछि आव्हान गरिएको विभिन्न दरबन्दीमा श्रोतका अनुसार ९ दरवन्दीमा नौ जानानै काङ्ग्रेस समर्थकहरुलाई नियुक्ति गरिएको देखियो।
यस भित्र कतिपय वडा अध्यक्ष प्रत्यासीका नातेदार रहेका छन् भने कतिपय बहालवाला जनप्रतिनिधिहरुका नातेदार तथा कतिपय काङ्ग्रेसको स्थानिय राजनैतिक सतहमा देखा परेकाहरु रहेका छन् भने कतिपय मामुली समर्थक रहेको पाइएको छ।
त्यसो त बहुदलीय प्रणालीमा कुनै बिचार वा पार्टीमा आस्था राखेकै भरमा योग्यता र क्षमताका अधारमा करारको जागीर गर्न नपाउने भन्ने पनि छैन।
तर ९ वटा दरबन्दीमा नौ जनानै काङ्ग्रेस समर्थकहरुले अवसर पाउँनु संयोग हो वा स्थानिय राजनैतिक स्तरमा उठेको जस्तै सेटिङ हो भन्ने कुरा चासोको बिषय बनेको छ।
गत भदौ महिनाम पालिकाले महिला नगर प्रहरीको कोटामा दरबन्दी आव्हान गरेर सूचना सार्वजनिक गरेको थियो।सोहि पदका लागि स्थानिय ३ जना महिलाहरूले आवेदन दिएर लिखित र शारीरिक अभ्यासको परिक्षा समेत दिई सकेका छन् । तर स्थानिय सरकारले हालसम्म कुनैपनि सार्वजनिक सूचना जारी नगरेर महिला नगर प्रहरीहरुको नतिजा गुपचुप राखि रहेको छ।
आवेदकहरुको सूचना हक कुण्ठित गरेर स्थानिय सरकारले गैरजिम्मेवारीपन छताछुल्ल पोखि रहेको अन्य आवेदकहरुको हकमा कसरी नियुक्ति गर्यो त्यो प्रश्नको बिषय बनिरहेपनि महिला नगर प्रहरीहरुको बिषयमा स्थानिय सरकार लोकतान्त्रिक मूल्य र मान्यता बिपरित छ भन्ने कुराको पुष्टि गरिरहेको छ।
स्थानिय सरकारको कार्यकर्ता भर्ती काण्ड के हो?
जारी गरिएको पदपूर्ति बिज्ञापन जारी गर्नलाई गाउँ कार्यपालिकाको सहयोग चाहिन्छ।त्यसपछि आवेदकहरुलाई परिक्षा गराउन र छनोट समिति भने कार्यपालिकाको पहुँच बाहिर हुने रुन्टिगढी गाउँपालिका वडा नं ८ कि वडा अध्यक्ष एवं गाउँकार्यपालिका सदस्य तुल्सी पुनले बताइन्।
कर्मचारी नियुक्तिको सम्बन्धमा कार्यकर्ता भर्ना र अनियमितताको शृङ्खला देखिएपनि त्यसमा आफूहरूको पहुँच नरहने भएकाले यस्तो बेथिति बढेको वडा अध्यक्ष पुनको भनाइ रहेको छ।
उनले भनिन् `बहुदलीय प्रणालीमा कुनै न कुनै बिचारमा आस्था नराख्ने मानिस हुँदैनन्।तर सतप्रतिशत दरबन्दीमा काङ्ग्रेसका कार्यकर्ता र समर्थक नियुक्ति भएको कुरा अस्वभाविक छ।यो सेटिङनै हो।´
`हामिले चाहेर मात्रै सबै कुरा नहुदो रहेछ।यस बिषयमा जनतालाई सबै सत्यतथ्य कुरा बुझाएर आफूले केहि गर्न नसकेको कुरामा आफू क्षमायाचना गर्ने योजनामा रहेको छु।´-उनले भनिन्।
महिला नगर प्रहरीको बिषयमा पनि आफूले चासो राख्दा पालिका अध्यक्ष जनक पुनले कुनैपनि परिक्षार्थीले आवश्यक प्रक्रिया पूरा नगरेको मौखिक जवाफ दिने गरेको उनको भनाई रहेको छ।
रुन्टिगढी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष एवं गाउँकार्यपालिका सदस्य घनबहादुर घर्तीले पनि कर्मचारी नियुक्तिको अधिकार आफूहरुमा नरहेकाले ठूलो चलखेल भएको बताएका छन्।
काङ्ग्रेस समर्थकरुलाई धमाधम नियुक्ति गरेर स्थानिय सरकारले जनतालाई विभेद गरेको बताएका छन्।
डाडु पन्यू आफ्नै हातमा रहेकाले पालिकाले काङ्ग्रेस निकटहरुलाई नियुक्ति गर्न मनपरी गरेको वडा अध्यक्ष घर्तीले बताए।
`हामिले भनेको कृषिको कर्मचारी नियुक्ति गर्ने बाटो मात्रै खुल्ला गरिदिने हो।तर कर्मचारी छनोटमा हाम्रो कुनैपनि हात छैन´-उनले भने।
वडा अध्यक्ष घर्तीले भने `नितिनियम बिधिमा टेकेर सबै काम गर्नु पर्ने हो तर कतिपयले हामिनै सर्वेसर्वाह हौँ।मौका यहि हो भनेर मनपरि गतिविधि भएको छ।´
कर्मचारी नियुक्तिमा प्रमुख प्रशासकिय अधिकृत डाँगी कहाँ चुके?
सतहमा उठेको जस्तै सतप्रतशित काङ्ग्रेसका कर्मचारी नियुक्त गरेको कुरामा कसको के पृष्ठभुमि हुन्छ?भन्ने आफूहरुलाई थाह नभएको रुन्टिगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेमन्तबहादुर डाँगीले बताएका छन्।
`अरु कुरा मलाई थाह भएन।सबै काम प्रक्रिया बमोजिम नै भएको छ।त्यस्तो पर्न गएको भए संयोग हुन सक्छ।
महिला नगरप्रहरीहरुको ५ महिना देखि कुनै सूचना प्रकाशन नगरेर नतिजा प्रकाशन नगरेको बिषयमा कार्यालयको आवश्यक्ताका हिसाबले अगाडि बढ्ने तयारी रहेको प्रमुख प्रशासकिय अधिकृत डाँगीले बताए।
कार्यालयिक आवश्यकताका कुरालाई राजनितिकरण नगर्न बताउँदै यस बिषयमा कार्यालयले कुनै निर्णय गर्ने उनको गैरजिम्मेवार तर्क रहेको छ।
भिडियो