ताजा अपडेट

नेपाली काङ्ग्रेस रुन्टिगढी गाउँकार्य समितिको बैठक रोल्पाको होलेरीमा सम्पन्न

होलेरी- नेपाली काङ्ग्रेस रुन्टिगढी गाउँपालिकाको बैठक आइतबार होलेरीमा सम्पन्न भएको छ।

गत स्थानिय तहको निर्वाचनपछि अन्य बैंठकहरु हुँदै आएपनि गाउँ कार्यसमितिको नियमित बैंकक नभएको हुँदा आइतबार पार्टी कार्यालयमा बैठक सम्पन्न गरिएको पार्टीका पालिका सचिब नारायण लामिछानेले जानकारी दिएका छन्।

बैंककमा कर्याकर्ताहरुको गुनासो सुन्ने तथा सम्बोधन गर्ने कार्य भएको थियो।

स्थानिय सरकार रुन्टिगढी गाउँपालिका काङ्ग्रेसकै नेतृत्वमा रहेकाले स्थानिय सरकारले आम जनताका समस्या कसरी सम्बोधन गरेर जान सकिन भन्ने बिषयमा छलफल भएको सचिब लामिछानेले बताए।

आगामी महिनादेखि प्रत्येक महिनाको २२ गते गाउँ कार्यसमितिको नियमित बैठक बस्ने तथा
सबै वडा पालिकाका पार्टी कार्यसमितिहरुको प्रत्येक महिनाको ५ गते बैठक सम्पन्न गर्ने निर्णय भएको छ।

स्थानिय सरकारलाई पार्दर्शी र ब्यबस्थित बनाउने बिषयमा पनि छलफल भएको छ।

कार्यक्रममा जिल्ला पार्टी सचिबद्वय तिलबहादुर बुढाथोकी(तिलक),पार्टीका लुम्बिनी प्रदेश सदस्य टेकबहादुर बस्नेतको पनि सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस