ताजा अपडेट

एमालेबाट निर्बाचित जनप्रतिनिधिले जनताका समस्या साझा रुपमा हल गर्छन:एमाले गाउँ कमिटी अध्यक्ष बस्नेत

होलेरी- नेकपा एमाले रुन्टिगढी गाउँ कमिटी अध्यक्ष अमराज बस्नेतले एमाले बाट निर्वाचित सबै जनप्रतिनिधिले साझा रुपमा जनताका समस्या समाधान गर्ने सामार्थ्य राख्ने कुरामा बिश्वस्त दिलाएका छन्।

सनिवार रुन्टिगढी गाउँपालिका वडा नं ५ नयाँगाउँको नवनिर्मित खोप क्लिनिक भवनको उद्घाटन कार्यक्रम बोल्दै अध्यक्ष बस्नेतले यस्तो बताएका हुन्।

एमाले बाट निर्वाचित रुन्टिगढी ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीले गाउँपालिकामै उदाहरणिय काम गरेको बताउँदै एमाले अध्यक्ष बस्नेतले एमाले पार्टीबाट निर्वाचित सबै जनप्रतिनिधिले जनताका सबै समस्यालाई साझा भएर सम्बोधन गर्ने आफूहरुको सुझाव रहेको बताएका हुन्।

चुनावको समयमा कुनै पार्टीबाट देखिएपनि निर्वाचित भैसकेपछि नितान्त सामाजिक रुपमा साझा बनेर काम गर्न सबै जनप्रतिनिधिहरुलाई सुझाव समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस