ताजा अपडेट

रुन्टिगढी गाउँपालिका वडा नं ५ नयाँगाउँको नवनिर्मित खोप क्लिनिक भवनको उद्घाटन

होलेरी- रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं ५ नयाँगाउँ स्थित निर्माण सम्पन्न खोप क्लिनिक भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

वडा नं ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीले सनिवार एक कार्यक्रमबिच सो भवनको रिबन काटेर उद्घाटन गरेका हुन्।

सयपत्री आमा समुह अध्यक्ष योगमाया डाँगी अध्यक्ष एवं वडा नं ५ का अध्यक्ष गोबिन्द बहादुर डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो।

कार्यक्रममा नेकपा एमाले रुन्टिगढी गाउँ कमिटी अध्यक्ष अमराज बस्नेत,प्रहरी चौकी धौलाबाङका प्रहरी वरिष्ठ हवल्दार चेतन के.सी.स्थानिय स्वयं सेविका,आमा समुहका पदाधिकारीहरु लगाएत सर्वसाधारणको सहभागीता रहेको थियो।

कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि एमाले रुन्टिगढी गाउँ कमिटी अध्यक्ष अमराज बस्नेतले महिलाहरूलाई स्थानिय तहहरुले सशक्त बनाउनु पर्ने जोड दिएका थिए।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि वडा नं ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीले पहिलेनै निर्माण भैसक्नु पर्ने खोप क्लिनिकको भवन आन्तरिक समस्याका कारण ढिलाशुस्ती हुन पुगेको र अबका दिनमा वडामा थप एउटा सुबिधा थपिएको बताएका छन्।

आमा समुहहरुलाई अगाडि बढाउन तथा सक्रिय बनाउन कुनैपनी कन्जुस्याइँ नगर्ने उनको भनाई रहेको छ।

प्रतिक्रिया दिनुहोस