ताजा अपडेट

रुन्टिगढी ५ का वडा अध्यक्ष डाँगीले लिए याक्सन:आफ्नै नेतृत्वमा विद्यालयको सौचालय सरसफाइ(भिडियो सहित)

होलेरी-रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीको नेतृत्वमा बर्षौँ देखि फोहोर बनेको सरस्वती प्राथामिक विद्यालय रुन्टिगढी ५ नयाँगाउँको सौचालय सरसफाई कार्यक्रम सनिवार सम्पन्न गरिएको छ।

विद्यालय सौचालय हेर्नै नसकिने गरि फोहोर बनेको थियो।आफूले यस्तो सूचना पाएपछि वडा अध्यक्ष जनश्रमदान मार्फत आजको सनिवार आफ्नो नेतृत्वमा वडा अध्यक्ष डाँगीले सौचालय सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन्।

एकपटकलाई वडा अध्यक्ष जनश्रमदान कार्यक्रममार्फत स्वास्थ्य शुरक्षा विद्यालयको सौचालय साफा गरेका छौँ।अर्कोपटक देखि सौचालय स्वयं विद्यालय परिवारलेनै सरसफाइ गर्नु पर्नेछ- वडा अध्यक्ष डाँगीले भने।

सौचालय बालबालिकालाई यातना दिने खालको चारैतिर फोहोरनै फोहोरले भरिएको थियो।

सरसफाइपछि वडा अध्यक्ष डाँगीले आफ्नो वडा भित्रको प्रत्येक विद्यालयको सौचालय सफा राखेर बालबालिकालाई सहजता प्रदान गर्न तथा सभ्य संस्कार निर्माणमा टेवा पुर्याउन अनुरोध समेत गरेकान छन्।

दुर्गन्धित फोहोरको प्रवाह नगरेर वडा अध्यक्ष डाँगीले विद्यालयका अभिभावक सहित सौचालय सरसफाई सम्पन्न गरेका छन्।

फरक कार्यक्रमका लागि हिडेका नेकपा एमाले रुन्टिगढी गाउँपालिका पार्टी कमिटी अध्यक्ष अमराज बस्नेत समेत सो सरसफाइ कार्यक्रममा जोडिएका थिए।

नेकपा एमाले गाउँ कमिटी अध्यक्ष बस्नेतले सबै वडापालिकाहरुले वडा नं ५ कार्यालय जस्तै जनश्रमदानमा जोडिए समाज समृद्व हुने बताए।

वडा अध्यक्ष डाँगीले यश अघि वडा अध्यक्ष जन श्रमदान कार्यक्रममार्फत विभिन्न गाउँका स्थानिय मोटरबाटो निर्माण,खेलकुद प्राङ्गण मर्मत लगाएतका कामहरू सम्पन्न गरिसकेका छन्।

गत भदौ महिनावाट उनले प्रत्येक सनिवार पनि जनताका सेवामै समय छुट्याउने भन्दै वडा अध्यक्ष जन श्रमदान कार्यक्रमको घोषणा गरेका थिए।त्यस यता वडा अध्यक्ष डाँगीले निरन्तर श्रमदान गर्दै आएका छन्।उनलाई स्थानिय जनताहरुको पनि राम्रो शाथ मिलेको छ।

भिडियो

प्रतिक्रिया दिनुहोस