ताजा अपडेट

शुक्रवार बिना पास रुन्टिगढी गाउँपालिका गाडी बाहेक शहिदमार्ग भएर सरकारी सवारी दाङ झरेको पाइएन

होलेरी- शुक्रबारका दिन रोल्पाबाट दाङ झर्ने सेता नम्बर प्लेटका सवारीहरु आज घोराही-होलेरी शहिदमार्ग भएर गुडेको पाइएको छैन।

रुन्टिगढी गाउँपालिकाको स्कर्पिओ (जीप) बाहेकको अन्य सेता नम्बर प्लेटका सवारीहरु सडकमा देखिएनन्।

कार्यालय समयमा बाहेक कार्यालयिक कामले निर्धारित समय भन्दा अघिपछि सरकारी सवारी प्रयोग गर्नका लागि जिल्ला प्रशासन कार्यालयबाट पास अनुमती लिनु पर्ने कानुनी ब्यबस्था रहेको छ।यसरी कार्यालयिक समय भन्दा बाहिर बिना पास प्रयोग हुने सरकारी सवारी भने दुरुपयोग भएको मानिन्छ।

एम्बुलेन्स,विद्युतका सवारी,झण्डावाला भिआइपीका सवारी,राजपत्रांकित नेपाल सरकारका कर्मचारी सवार सवारी बाहेक अन्य सवारीहरुलाई भने जुनसुकै समयमा पास बिना गुड्ने अनुमति हुँदैन।प्रत्येक स्थानिय तहका वडा अध्यक्ष,सचीब,पालिकाका अन्य कर्मचारी र पालिका प्रमुखलाई राज्यले जनताका सेवा गर्न कार्यालयिक प्रयोजनका लागि सरकारी मापदण्डका स्कुटर,मोटरसाइकल तथा जीप/कार उपलब्ध गराएको हुन्छ।आफ्नै निजि सवारी प्रयोग गर्नेहरूलाई भने घर-कार्यालय आवतजावत गर्ने इन्धन उपलब्धताको ब्यबस्था रहेको छ।

पछिल्लो समय सरकारी सवारी दुरुपयोगको गुनासोहरु बढ्न थालेपछि आजको शुक्रबार होलेरी खबर टिम जिल्ला प्रशासन कार्यालय रोल्पालाई जानकारी गराएर दाङ/रोल्पाको मुख्य नाका शहिदमार्गमा दिउँसो १ बजे देखि बेलुका ५ बजेसम्म निरन्तर ग्राउन्ड जेरो रेपिर्टिङमा रह्यो।आजको शुक्रबार भने रुन्टिगढी गाउँपालिकाको सेतो नम्बर प्लेटको जीप बाहेक अन्य रोल्पाका कुनैपनि सरकारी सवारीहरु दाङ झरेको पाइएको छैन।

प्रहरी चौकि दुई खोलिका अनुसार पास बिनाको रुन्टिगढी गाउँपालिकाको एउटा सरकारी मोटरसाइकल र रुन्टिगढीकै स्कर्पिओ मात्र दाङ प्रवेश गरेका छन्।होलेरी खबर टिमले मोटरसाइकललाई भने फेला पारेन।गाउँपालिकाको गाडी भने हामिले प्रश्न गर्ने उदेश्यले होलेरी बजारमा रोक्न खोज्दा दिउँसोको करिब ३ बजेको समयमा तिब्र गतिमा हुइकिएर दाङ झरेको थियो।

त्यसोत कुनै तनावग्रस्त,हुलदंगाको अवस्था बाहेक सरकारी सवारी तीब्र गतिमा हाक्न पाइदैन।प्रहरी चौकी दुईखोलिका अनुसार गाउँपालिकाको उक्त सवारी बिना पास दाङ झरेको थियो।आफूहरूले रोकेर पास लिएर मात्र कार्यालय समय बाहिर र फरक जिल्ला सरकारी सवारी चलाउन शुझाएर छोडिएको प्रहरी चौकी दुईखोलिले जानकारी दिएको छ।

अन्य जिलाका जिल्ला प्रशासन कार्यालय र स्थानिय तहहरु आफैले सरकारी सवारी सञ्चालन कार्यबिधी निर्माण गरेर कार्यान्वयन गरेको पाइएको छ।तर रोल्पामा सरकारी सावारी सञ्चालन कार्यबिधी बनाइएको छैन।

प्रतिक्रिया दिनुहोस