ताजा अपडेट

रुन्टिगढीका वडा अध्यक्षहरुलाई जनताको सेवामा विभेद गरेको गाउँपालिका प्रेस संयोजकको गम्भिर आरोप

होलेरी- रोल्पाको रुन्टिगढी गाउँपालिकाका प्रेस संयोजक कमल खड्काले वडापालिकाका जनप्रतिनिधिहरुले सेवाग्राहीहरुको काममा आफूलाई भोट दिएकाहरुलाई प्राथमिकता दिने गरेको गम्भीर आरोप लगाएका छन्।

उनले सामाजिक सञ्जाल फेशबूकमार्फत यस्तो आरोप लगाएका छन्।प्रेस संयोजक खड्काले लगाएको आरोप पुष्टि गर्न सक्ने हालसम्म कुनै एथेस्ट प्रमाण भने सार्वजनिक गरेका छैनन्।

मंगलबार साझ रुन्टिगढी गाउँपालिका प्रेस संयोजक खड्काले सामाजिक सञ्जाल फेशबूकमा लेखेका छन

त्यसपछि सामाजिक सञ्जालमार्फत केहि वडा अध्यक्षले आपत्ति समेत जनाएका छन्।रुन्टिगढी गाउँपालिका वडा नं ८ कि अध्यक्ष तुल्सी पुनले सामाजिक सञ्जाल मार्फत खड्काले लगाएको आरोप कुन वडापालिका जनप्रतिनिधिलाई हो?त्यो स्पष्ट खुलाउन चेतावनी दिएकि छन्।

वडापालिकाका जनप्रतिनिधिहरु भनेर समाजमा जनप्रतिनिधिविरुद्ध कपोकल्पित तथा भ्रामक अभिव्यक्तिले जनप्रतिनिधिहरुप्रति नियोजित ढंगबाट घृणाभाव फैलाइएकाले आफूलाई सैह्य नहुने वडा अध्यक्ष पुनको चेतावनी रहेको छ।

त्यस्तै सामाजिक सञ्जालमै वडा नं ७ का वडा अध्यक्ष टेकलाल पुनले पनि सेवाग्राही वडावासी जनताका काममा पार्टी वा निर्वाचनमा भोट दिएको भनेर लगाइएको आरोप पुष्टि गर्न चेतावनी दिएका छन्।

त्यस्तै होलेरी खबरसंग कुरा गर्दै रुन्टिगढी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष घनबहादुर घर्तीले गाउँपालिकाको प्रेस संयोजकले सिंगो गाउँपालिकाको सूचना प्रवाह गर्ने साझा जिम्मेवारीमा रहेर वडापालिकाका जनप्रतिनिधिहरुलाई अपुष्ट रुपमा निर्घात आरोप लगाउनु आफूहरूका लागि घोर आपत्तिको बिषय भएकाले सहेर नबस्ने बताएका छन्।

एकतर्फी लगाइएका कुनैपनि आरोपको प्रमाण भए पुष्टि गर्नु पर्छ।राज्यकोषबाट सेवासुबिधा लिने ब्यक्तिले सार्वजनिक रुपमा कपोकल्पित रुपमा जनप्रतिनिधिहरुलाई लगाइएको छ।हामि गम्भीर छौँ।सामाजिक सञ्जालमा वडापालिकाका जनप्रतिनिधिहरु भनेर लगाईएका जतिपनि आरोपहरु छन् हामि सहेर बस्दैनौँ,यस बिषयमा सबैको छलफलका शाथ हामि आवश्यक प्रक्रिया चाल्छौँ- वडा अध्यक्ष घर्तीले भने।

प्रेस संयोजक खड्का रुन्टिगढी गाउँपालिकाको कार्यालय सहयोगीका रुपमा नियुक्त कर्मचारी हुन्।त्यसपछि उनलाई पालिकाले प्रेस संयोजकको जिम्मेवारी दिएको थियो।

रुन्टिगढी गाउँपालिकामा सबै ९ वटा वडापालिकाकाहरु रहेका छन्।प्रेस संयोजक खड्काले लगाएको आरोपको प्रमाण र वडापालिकाहरुका जनप्रतिनिधिहरुको भुमिका कस्तो रहन्छ भन्ने बिषय जनमानसमा चर्चाको बिषय बनेको छ।

प्रतिक्रिया दिनुहोस