ताजा अपडेट

स्वास्थ्य क्षेत्रमा रुन्टिगढी गाउँपालिका लाचार,प्रा.स्वा.के.सम्मको मोटरबाटो अझै कालोपत्रे भएन

होलेरी- प्राथमिक स्वास्थ्य केन्द्र होलेरीसम्म पुग्ने मोटरबाटो कालोपत्रेमा स्थानिय सरकार रुन्टिगढी गाउँपालिकाले अझै पुर्णता दिन सकेको छैन।

गत बर्ष पालिकाले करिब एक करोड माथिको बजेटमा उक्त मोटरबाटो कालोपत्रे गरेको थियो।तर प्राथमिक स्वास्थ्य केन्द्रको आगनसम्म भने अझै कालोपत्रे पुरा गरेको छैन।

प्राथमिक स्वास्थ्य केन्द्रसम्म करिब ५ सय मिटर मोटरबाटो कालोपत्रे गर्न बाँकि रहेको छ।

यता जुर्नेटाबाट कालोपत्रे गरिएको मोटरबाटोमा पनि ठाउँ-ठाउँमा ढुङ्गा झरेको छ।

विभिन्न ठाउँमा नाला समेत अवरुद्ध रहेको छ।स्थानिय सरकार रुन्टिगढी गाउँपालिकाको स्वामित्वमा आफ्नै जे.सि.वी.डोजर रहेपनि सडक मर्मतमा पालिकाले चासो दिने गरेको छैन।

राज्यकोषबाट पैसो खर्चिएर मर्मत तथा पुर्णता नदिएर स्थानिय सरकारले राज्यकोषको लागतबाट निर्मित पुर्वाधारको बेवास्ता गरिरहेको छ।

उता हात्ती छिर्यो पुच्छर अड्कियो भन्ने उखानलाई पुष्टि गर्न अस्पताल प्राङ्गण अगाडिसम्मको अधुरो कालोपत्रेको कामले मोटरबाटो अल्पत्र बनिरहेको छ।

स्वास्थ्य संस्था भनेको आकस्मिक सेवा प्रदायक संस्था भएकाले साना सवारीमा बिरामी बोकेर जाने चालकहरूले बिरामी बोकेर लग्नु पर्ने बाध्यता सुनाउँछन्।

सडकमा रहेका अव्यवस्थित ढुङ्गा र बर्षातको समयमा सवारी जाम भएको अनुभव उनीहरुको रहेको छ।

गत दशै अगाडिसम्म प्राथमिक स्वास्थ्य केन्द्र सिटामोल र जिबनजलको भरमा गुज्रियो।स्थानिय सरकारले एउटा योजनालाई सम्पन्न गर्नुको साटो अन्य नयाँ नयाँ योजनामा लगानी गर्न तत्पर देखिएको छ।

प्रतिक्रिया दिनुहोस