ताजा अपडेट

प्रधानमन्त्री कार्यालय अगाडि अर्धनग्न प्रदर्शन गर्ने ३ जना पक्राउ

काठमाडौं- गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाको विरोधमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गर्ने तीन जना पक्राउ परेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि अर्धनग्न रुपमा प्रदर्शनमा उत्रिएका मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु पक्राउ परेका हुन् ।

उनीहरुले शरिरमा स्टप मर्डर,सेभ नेसन,नो एमसीसी,नो एनसेल लेखेको पर्चा टाँसेका थिए । कपडा खोेलेर उनीहरुले उक्त पर्चा देखाउँदै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस