ताजा अपडेट

आमा समुहलाई सशक्त बनाउँदै रुन्टिगढी ५,सगरमाथा आमा समुहको भवन उद्घाटन सम्पन्न(भिडियो सहित)

होलेरी- रुन्टिगढी गाउँपालिका वडा नं ५ कार्यालयले बिकास निर्माणका काम संगसंगै अन्य सामाजिक कार्यहरुमा समेत जोड दिइरहेको छ।

वडा पालिकाको २ लाख बजेट र श्रमदान मार्फत निर्माण गरिएको स्वास्थ्य सागरमाथा आमा समुह रुन्टिगढी गाउँपालिका वडा नं ५ धौलाबङको भवनको आइतबार उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ।

आमा समुहको आफ्नै भवन निर्माण सम्पन्न भएपछि स्थानीयहरुमा खुसीयाली छएको छ।

सगरमाथा आमा समुहकि अध्यक्ष बिष्णु घर्तीको अध्यक्षता एवं रुन्टिगढी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीको प्रमुख आतिथ्यता नव निर्मित भवनको उद्घाटन गरिएको हो।

स्थानिय शिक्षिका एवं स्वास्थ्य सगरमाथा आमा समुहकि सदस्य हुकुमा के.सी.को स्वागत मन्तव्यबाट शुरूवात भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष डाँगीले समाज परिबर्तनका लागि आमा समुहहरुको महत्वपुर्ण भुमिका रहने बताएका छन्।

समाजमा विद्यमान बिकृती तथा कुरितीहरुको चिरफार गर्दै समाजलाई सभ्य र समृद्ध बनाउन आमा समुहहरु लागि परेकाले आफूहरूलाई समेत समाज रुपान्तरणमा ठूलो टेवा पुगेको वडा अध्यक्ष डाँगीले बताए।

शाथै बिगतमा वडा पालिकाले स्थानिय आमा समुहहरुलाई आवश्यक सहयोग सामाग्रीहरु बितरण गरि सकेको र आगामी निति तथा कार्यक्रममार्फत पनि आमा समुहहरुलाई थप क्रियाशिल बनाउन आफूहरू लागि पर्ने उनको भनाई रहेको छ।

प्रहरी चौकी धौलाबाङका शुरुक्षाकर्मी,सञ्चारकर्मी तथा स्थानीयहरुको सहभागीता रहेको कार्यक्रमको सहजीकरण चेतना रावतले गरेकी थिइन्।

भिडियो

प्रतिक्रिया दिनुहोस