ताजा अपडेट

ने.क.पा माओवादी केन्द्र शितगंगा नगरपालिका वडा नं. ९ उत्तरीखण्ड अर्घाखाँचीमा वडा भेला सम्पन्न

अर्घाखाँची- ने.क.पा.माओवादी केन्द्र शितगंगा नगरपालिका वडा नं ९ उत्तरीखण्ड क अर्घाखाँचीमा वडा भेला कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रमका सभा अध्यक्ष ९ नं वडाका पार्टी अध्यक्ष चुमानसिंह परियारकाे रहेकाे थियाे भने कार्यक्रमका प्रमुख अतिथि नगर कमिटी सचिवालय सदस्य बसन्त घर्ती मगर तथा विशिष्ट अतिथि इन्द्रबहादुर घर्ती मगर पुर्व पि .एल. काे रहेकाे थियाे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बसन्त घर्तीले पार्टी भित्र सुदृढीकरण जनस्तरमा परेका प्रभाव,पार्टी भित्रका नराम्रा क्रियाकलाप र पार्टी भित्र पार्टीलाई बद्नाम बनाउने धमिराहरुलाइ तह लगाउने तथा विकास,निकासमा स्थानीय स्तरमा भएकाे भ्रष्टाचार र व्यथतीका विरुद्ध आवाज उठाउने जनस्तरमा परेका नराम्रा असरबारे सकारात्मक रुपमा सुझाव र आवाज सम्बन्धित निकाय सम्म पुर्‍याउने र पार्टी लाई अझै फरक र समाज प्रति उत्तरदायित्व वहन गर्ने गरि पार्टी अगाडि बढ्ने जस्ता कुरा मा जाेड दिएका छन् ।

उनले भने अब ने.क.पा. माओवादी जनस्तर र प्रभावकारी बन्दै गएकाे समेत बताएका हुन् ।

`हाम्राे शितगंगा नगरपालिका एक लुम्बिनी प्रदेश राजधानी संग जोडिएको पालिका हाे । यहाँ विकासमा केही पछि परेकाे र भनेकाे जस्ताे विकास हुन नसकेकाे जनस्तरमा स्थानीय सरकार प्रति गुनासो बढेकाे पाएकाे छ।हामीले जनता का कुरा र जन स्तर का बारेका सबैले रिपोर्टिङ गर्ने र खबरदारी गर्न आवश्यक छ´- उनले भने।कार्यक्रमकाे सहजिकरण ९ नं वडाका पार्टी सचिव वीर बहादुर पुनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस