ताजा अपडेट

खुमबहादुर पुरी बचाउ अभियान समितिद्वारा संकलन गरिएको २ लाख ३६ हजार रकम हस्तान्तरण

होलेरी- रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं ३ का मृगौला पीडित खुमबहादुर पुरीको उपचारका लागि खुमबहादुर पुरी बचाउ समितिले आज संकलन भएको सहयोग रकम हस्तान्तरण गरेको छ।

खुमबहादुर शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत छन्।उपचारका लागि परिवारको आर्थिक अवस्थाले नभ्याएपछि उनको उपचारका लागि सहयोग अभियान सञ्चालन गरिएको हो।

नेकपा एमाले रुन्टिगढी गाउँपालिका पार्टी अध्यक्ष अमराज बस्नेतको संयोजकत्वमा संकलन गरिएको रकम आज होलेरीमा एक कार्यक्रमबिच खुमबहादुरको परिवारलाई हस्तान्तरण गरिएको छ।

नेकपा एमाले रुन्टिगढी अध्यक्ष अमराज बस्नेतको अध्यक्षतामा,रुन्टिगढी गाउँपालिकाका निबर्तमान अध्यक्ष एवं नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य बालाराम बुढाको प्रमुख आथित्यतामा मृगौला पीडित खुमबहादुरको आमा रम्मि पुरीलाई हालसम्म सहयोगी दाताहरूबाट संकलन भएको २ लाख ३६ हजार २ सय पचपन्न रुपैयाँ नगद रकम हस्तान्तरण गरिएको हो।

सहयोग रकम ग्रहण गर्दै आमा रम्मि पुरीले सहयोगी दाता र अभियन्ताहरुलाई आभार ब्यक्त गर्दै छोराको उपचारमा केही सहज हुने बताइन्।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले प्रदेश सदस्य बालाराम बुढाले मृगौला पीडित खुमबहादुरको स्वास्थ्य लाभको कामना गर्दै थप सहयोगका लागि सहयोगी हातहरु अघि बढाउन अपिल गरे।

समाजमा कसैलाई दु:ख पर्दा सबै एकजुट भएर लाग्नु पर्ने प्रमुख अतिथि बुढाको भनाई रहेको थियो।

कार्यक्रमका संयोजक बस्नेतले सबै सहयोगी दाताहरूलाई धन्यवाद ब्यक्त गरे।

कार्यक्रममा खुमबहादुर पुरी बचाऊ अभियानका सचीव एवं रुन्टिगढी वडा नं ३ का वडा अध्यक्ष गणेश गिरी,स्थानिय शुरक्षाकर्मी,सञ्चारकर्मी,सहयोगीदाताहरूको सहभागीता रहेको थियो।

खुमबहादुरको उपचारका लागि उनकि श्रीमती लक्ष्मी पुरीको खातामा सिधै सहयोग पनि गर्न सकिने पनि समितिले जनाएको छ।

सहयोगका लागि
Laxmi Puri, Nabil Bank 08110017505553

प्रतिक्रिया दिनुहोस