ताजा अपडेट

रुन्टिगढी सरकारको लापरबाहि:भदौमा परिक्षा गराएको महिला नगर प्रहरीको नतिजा सार्वजनिक गरेन

होलेरी- रोल्पाको रुन्टिगढी गाउँपालिकाले गत भदौमा परिक्षा गराएको महिला नगर प्रहरी कोटाको नतिजा साढे ५ महिनासम्म पनि सार्वजनिक गरेको छैन।

भदौ ५ गते पदपूर्तिका लागि बिज्ञापन सार्वजनिक गरेको पालिकाले संगै परिक्षा गराएको सबै पदमा नियुक्ति गरि सकेको छ।तर महिला नगर प्रहरीको पदमा भने कुनैपनि परिक्षार्थीको नाम सार्वजनिक गरेन।पालिकाले संगै बिज्ञापन गरेको बरिस्ठ नगर प्रहरी कोटामा पनि नियुक्ति गरिसकेको छ।

यस अघि कार्यरत महिला नगर प्रहरी कल्पना बहकरीले जागीर छोडेपछि रिक्त रहेको दरबन्दीको पदपूर्ति गर्न बिज्ञापन गरेर आवेदकहरुसंग आवेदन शुल्क समेत लिएर स्थानिय सरकारले नतिजा प्रकाशन गर्न भने बेवास्ता गर्यो।

सम्बन्धित बिज्ञापन

निर्धारित समय तालिका बमोजिम ३ जना आवेदकहरुको पालिकाले लिखित परिक्षा लिएको थियो।त्यसपछि शारीरिक अभ्यासको परिक्षा समेत लिएको थियो।

परिक्षार्थीहरुले नतिजा कुर्दाकुर्दै ५ महिना बितिसक्दा पनि नतिजा भने सार्वजनिक भएन।

स्थानिय सरकारको यस्तो लापरबाही अपारदर्शीताले परिक्षार्थीहरुमा निराशा पैदा गरेको छ।

कतिपयले स्थानिय सरकारले आफूले आफ्नो स्वार्थ अनुकुल काम गर्न नपाउँदा नतिजा सार्वजनिकमा ढिला शुस्ती गरेको अनुमान समेत गर्न थालेका छन्।

रुन्टिगढीका प्रमुख प्रशासकिय अधिकृत रेमन्तबहादुर डाँगीले कार्यालयले अहिलेनै सार्वजनिक नगर्ने निर्णय गरेको बताए।

मनपरि गतिविधिले पटकपटक बिबादमा आइरहने रुन्टिगढी गाउँपालिकाले महिला नगर प्रहरीको नतिजा किन सार्वजनिक नगरेको बन्ने बिषयमा कुनै सूचना तथा जानकारी सार्वजनिक पनि गरेको छैन।

प्रतिक्रिया दिनुहोस