ताजा अपडेट

पाँच लाख रूपैयाँ घुससहित वडाध्यक्ष पक्राउ

बारा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्की घुससहित पक्राउ परेका छन्।

वडाध्यक्ष कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सोमबार पाँच लाख रूपैयाँ घुससहित जीतपुरको जयसवाल होटलबाट पक्राउ गरेको हो।

कार्की २०७९ वैशाखामा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी एमालेको मधेस प्रदेश कमिटी सदस्यसमेत हुन्।

प्रतिक्रिया दिनुहोस