ताजा अपडेट

बिकासका पुर्वाधार बिस्तार गर्दै रुन्टिगढी: दुर्गम मानिने वडा नं ८ मा बिजुली बल्यो

होलेरी- रुन्टिगढी गाउँपालिकाले बिकासका पुर्वाधारहरु बिस्तारमा जोड दिएको छ।

गाउँपालिकाको दुर्गम मानिने वडा मध्ये वडा नं ८ मेलटाकुरामा आइतबार बिजुली बत्ति बलेको छ।रुन्टिगढी गाउँपालिका वडा नं ८ कार्यालय मेलटाकुरामा औपचारिक रुपमा बिजुली बत्ति बालेर गाउँपालिका अध्यक्ष जनक पुनले उद्घाटन गरेका हुन्।

भौगोलिक बिकटताका कारण हालसम्म वडा कार्यालय बैकल्पिक उर्जाको भरमा सञ्चालन हुँदै आएको थियो।२०७९ शालबाट विद्युतको काम शुरु भएर वडा नं ८ स्थित ढोरबाङ,तल्लो लापु गाउँहरुमा गत जेठ महिनामा पहिलोपटक बिजुली बत्ती बालिएको वडा नं ८ कि वडा अध्यक्ष तुल्सी पुनले जानकारी दिइन्।

त्यसपछि लगातारको प्रयासले आइतबार मेलटाकुरा स्थित वडा कार्यालयमा पनि बत्ती बाल्न सफल भएको वडा अध्यक्ष पुनले बताइन्।

आइतबार एक औपचारिक कार्यक्रमबिच स्थानिय जनप्रतिनिधि,राजनैतिक दलका प्रतिनिधि,विद्युत कर्मचारी र सर्वसाधारणहरुको उपस्थितिमा वडा कार्यालयमा बत्ति बिजुलीको उद्घाटन गरिएको छ।

पहिलो चरणमा वडापालिकाका विभिन्न स्थानका करिब १ सय ६५ घरधुरी लाभान्वित हुने वडा नं ८ कार्यालयले जनाएको छ।

आफ्नो कार्यकाल अवधि भित्र वडापालिकाका सबै घरहरूमा बिजुली बिस्तार गरिसक्ने लक्ष्य रहेको वडा अध्यक्ष पुनको भनाई रहेको छ।

प्रतिक्रिया दिनुहोस