ताजा अपडेट

प्रहरी चौकी दुईखोलीले शुरु गर्यो `चालकसंग ट्राफिक प्रहरी´ सचेतना कार्यक्रम(भिडियो सहित)

दाङ- चौकी दुईखोली दाङले सवारी चालक तथा यात्रुहरुलाई सचेत बनाउने कार्यक्रम गर्दै आएको छ।

दुर्घटना न्यूनीकरणको उद्देश्यले `चालकसंग ट्राफिक प्रहरी´नारा सहित कार्यक्रम अगाडि बढाइएको छ।

दाङको दुईखोली रोल्पा,रुकुम,सल्यान र प्युठान प्रवेशद्वार रुपमा चिनिन्छ।घोराही-होलेरी शहिदमार्गको नाका समेत हो।

शहिदमार्ग भएर गुड्ने साना तथा ठुला सवारी चालकलाई पुर्ण रुपले ट्राफिक नियम पालना गराउने अभियान रहेको अस्थाई ट्राफिक पोष्ट दुईखोलीका ट्राफिक जवान इन्द्रबहादुर के.सी.ले जानकारी दिएका छन्।

चालकहरुलाई सचेत बनाउनुको शाथै यात्रुहरुलाई पनि सचेत बनाउने गरिएको प्रहरी चौकी दुईखोलीले जनाएको छ।

हुडमा यात्रु नराख्न,मापासे गरेर सवारी नचलाउन,निश्चित भाडादर कायम गर्न र गति सिमितता जस्ता महत्वपूर्ण पुर्ण कुराहरू चालकलाई सुझाउने गरिएको छ।

शुक्रवार सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी दुईखोली र अस्थाई ट्राफिक प्रहरी पोस्ट दुईखोलीले शहिदमार्ग अन्तर्गत गुड्ने साना तथा ठुला सवारी चालक र यात्रुहरुबिच सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

भिडियो

प्रतिक्रिया दिनुहोस