ताजा अपडेट

प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा निशुल्क रुपमा सिटामोल र जिबनजल मात्रै उपलब्धता,मारमा सर्वसाधारण

होलेरी-होलेरीको प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समय देखि निशुल्क रुपमा प्राप्त हुने औषधि अभावबाट गुज्रिदै आएको छ।
नेपाल सरकारको मापदण्ड अनुरुप ७२ प्रकार भन्दामाथिका औषधिहरु सर्वसाधारणले निशुल्क प्राप्त गर्ने प्राबधान रहेपनि गत दशै यता स्वास्थ केन्द्रमार्फत सिटामोल र पखाला नियन्त्रणको औषधि मात्र निशुल्क रुपमा प्राप्त हुने गरेको पाइएको छ।
७२ प्रकारका औषधी मध्ये स्वास्थ्य सामाग्रीहरु समेत पर्ने गर्दछ्न्।

प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा रुन्टिगढीका नागरिक,छिमेकी गाउँपालिका त्रिबेनीका नागरिक,छिमेकी जिल्ला सल्यान,दाङ र प्युठानका नागरिकहरु सेवाग्राहीका रुपमा आउँने गर्दछ्न्।

कहिले डाक्टरको अभाव,कहिले औषधिको अभाव र एम्बुलेन्स सञ्चालनमा लापरबाही रहदै आएको उक्त स्वास्थ्य केन्द्रको आफ्नै फार्मेसी पनि रहेको छ।तर फार्मेसीबाट भने सर्वसाधारणहरुले निशुल्क नभएर सशुल्क रुपमा औषधि किन्नु पर्ने हुन्छ।

गत दशैपछि स्वास्थ्य केन्द्रमा औषधी आउँनु पर्ने औषधीहरु स्थानिय सरकार रुन्टिगढी गाउँपालिका पठाएन।
उपलब्धता भएका औषधि र स्वास्थ्य सामाग्री रित्तिदै जाँदा अन्तिममा सिटामोल र पाखाला नियन्त्रण गर्ने औषधीको भरमा स्वास्थ्य केन्द्र सञ्चालन हुँदै आएको स्वास्थ्य केन्द्र श्रोतले जनाएको छ।

हाल केही दिन अघि गाउँपालिकाले आफू खुसी १५ थरिको मात्रै औषधि पठाएको अस्पताल श्रोतले बताएको छ।जुन राज्यले प्रदान गरेको नागरिकको अधिकारका लागि पर्याप्तता भने होइन।

हाल प्राथमिक स्वास्थ्य केन्द्रले थप औषधीहरुको विवरण सहित माग पत्र स्थानिय सरकारलाई पठाएको जनाएको छ।

स्थानिय सरकारको लापरबाहीका कारण चपेटामा परेको स्वास्थ्य केन्द्रमा औषधी अभावको मारमा गरिब सर्वसाधारण नागरिकहरु परिरहेका छन्।

प्रतिक्रिया दिनुहोस