दाङ- गत असोज ७ गते रसिया पुगेका दाङका प्रतिक पुन युक्रेनी सेनाको कब्जामा रहेको भिडियो केहि दिन सार्वजनिक भएपछि प्रतिकको घरपरिवारमा सन्नाटा छाएको छ।
विद्यार्थी भिसामा रुस पुगेका प्रतिक पुन त्यहाँ पुगेपछि रुसी सेनामा भर्ति भएको परिवार श्रोतले जनाएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १९ बिजौरी बस्दै आएको पुन परिवारले गत बर्ष मात्रै रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं ८ बाट बसाइँसराई गरेका थिए।
लामो समय वैदेशिक रोजगारीमा रहेका प्रतिकका बुवा दलबहादुर पुनलाई पहिलो चरणको कोरोनाकालको समयमा मृगौला खराबीको समस्या देखिएपछि उनलाई पुन परिवार डाइलासिस गराउँन सहजताका लागि दाङ बस्दै आएका थिए।त्यसपछि बसाईसराई पनि गरे।
बुवा दलबहादुरको उपचारका लागि परिवारले ऋण कारेर समेत निरन्तरता दियो त्यसपछि पनि दलबहादुरको स्वास्थ्यमा सुधार नआउँदा अन्तत: उनको निधन भयो।
उमेरले २२ बर्षका प्रतिक परिवारको एक्ला छोरा हुन्।घरपरिवारको जिम्मेवारी आफ्नो काँधमा आएपछि उनी शुरुमा रोजगारीका लागि पोर्चुगल जाने सोच बनाए।प्रक्रिया सफल नभएपछि विद्यार्थी भिसामा रुस जाने निर्णयमा पुगे।
पढ्दै कमाउँदै घरको आर्थिक स्थितिमा सुधार गर्ने भन्दै प्रतिकले थप १० लाख ऋण कारेर बिदेश पलायन भए।गत असोज ७ गते उनी रुस गएको परिवारले जनाएको छ।
रुस पुगेपछि आफूले कमाउन थालि सकेकाले कुनै चिन्ता नलिन भन्दै प्रतिकले घरमा बेला-बेला फोन गरेर आमा तिलकुमारी पुन र बहिनी बिपना पुनलाई फोन गर्ने गर्थे।
गएको ३ महिनापछि प्रतिकले घर खर्छ र फोन किन्नु भनेर १ लाख पठाएको आमा दिलकुमारीले बताइन्।बाहिर काम गरेर जसोतसो कमाई रहेका प्रतिकलाई एकाएक रुस-युक्रेनबिच जारी युद्धका लागि रसियन सैनिकमा भर्ति भएर अलि धेरै पैसा कमाउने सोच आयो।
आफू रुसी सैनिकमा भर्ती भएकालेे तिहार खर्चका लागि घरमा पैसा पठाउँनका लागि एक शाथीलाई भनेको छु भनेर प्रतिकले गत कार्तिक महिना आमा तिलकुमारीलाई फोन गरे।
त्यसपछि अलि समयसम्म प्रतिकको फोन आएन।केही समयपछि पुनः घरमा फोन गरेर प्रतिकले आफू रुसी सेनाको तालिममा रहेकाले फोन गर्न नपाएको र शाथीले पैसा पठाइदिए कि नाई भनेर सोधे।
त्यसपछि उताबाट चिन्ता नलिनुस कमाएर शाहुको ऋण तिर्छु भनेर आमालाई बिश्वस्त पारे।यता आमाले रुसी सेनामा खत्रा हुने कुरा आफन्तबाट सुनेकि थिइन्।जवाफमा `रुसी सेनामा खत्रा हुन्छ रे´ भन्दै घर फर्कन आग्रह गरिन्।
तर प्रतिकले कुनै खतरा नहुने र केहि समय रुसी सेनामा काम गरेपछि २० लाख कमाई हुने भन्दै चिन्ता नलिन भने।काठमाडौंमा संगै पढेको शाथी पनि उतै भएको बताए।प्रतिकले अन्य नेपाली दाजुभाइहरु पनि आफूसंगै भएको जानकारी गराएर फोन राखे।
त्यसपछि आमा तिलकुमारीको मनमा केहि ढुक्कताको वातावरण सृजना भएको उनी बताउँछिन्।पढाई लेखाई कम भएकि तिलकुमारीलाई धेरै कुराका बारेमा थाहा थिएन।आफ्नो ख्याल राख्नु बाबू भनेर आमाछोराको संवाद टुंगियो।
त्यसपछि कामका शिलसिलामा तिलकुमारी रोल्पाको रुन्टिगढी ८ मा रहेको आफ्नो पहाड घर गैइन्।उता पुगेपछि केही समय उतै बसिन्।यता बहिनी बिपनालाई भिडियो कल गरेर प्रतिकले आफू भएको ठाउँ जोडेर अर्को ठाउँ जान लागेको बताए।
म जाने नयाँ ठाउँमा नेटवर्कले काम गर्दैन।म २/३ दिन अनलाइन आउँन पाउँदैन होला भनेर बताएका थिए।प्रतिकले भिडियो कलमै २/३ दिनमै पैसो पनि पठाइदिने बताएको बिपनाले बताइन्।
प्रतिक बाध्यताले रुसी सेनामा गएको छिमेकी सुरेन्द्र रोकायले बताए।बुबा दलबहादुरको उपचार गर्दगर्दै आर्थिक संकट संग जुधिरहेको उक्त पुन परिवारको सबै जिम्मा प्रतिकको काँधमा आएको थियो।रहरले नभएर बाध्यताले प्रतिक गलत ठाउँ पुगेर फसेको रोकायले बताए।
प्रतिकलाई जिबितै उद्वार गर्न नेपाल सरकारसंग उनको परिवारले अपिल गरिरहेका छन्।छोरा मर्छ कि बाँच्छ भन्ने पिरले दिनको भोक र रातको भोक हराइरहेको आमाको तिलकुमारी पुनले बताइन्।
हालसम्म रुसी सेनामा भर्ति भएका ६ जना नेपालीको मृत्यु भैसकेको सरकारले पुष्टि गरिसकेको छ।
सोमबार प्रधानमन्त्री प्रचण्डले रुसी सैनिकमा २ सय नेपाली रहेको औपचारिक तथ्यांक सार्वजनिक गरेका छन्।रुसी सैनिकमा नेपालीलाई भर्ना नगर्न र भर्ना भएकालाई फिर्ता पठाउँन नेपाल सरकारले रुसी सरकारलाई आग्रह गरिसकेको छ।
तर हालसम्म कसैको पनि उद्वार भैसकेको छैन।
भिडियो