होलेरी-रोल्पाको ऐतिहासिक एवं पर्यटकिय स्थल होलेरी बजारमा राखिएको भिडियो सूचना बोर्ड अल्पत्र अवस्थामा रहेको छ।
होलेरी घुम्न आउँने पर्यटक र यात्रुहरुलाई आवाश्यक सूचना र जानकारी प्रदान गरेर सहजता पुर्याउने उद्देश्यले स्थानिय सरकार रुन्टिगढी गाउँपालिकाले खरिद गरेर राखेको डिजिटल भिडियो सूचना बोर्ड बर्षौँ देखि प्रयोग बिहिन बनेको छ।
प्रहरी चेकपोष्ट होलेरी जुर्नेटामा स्थापना गरिएको उक्त बोर्डमा प्राबिधिक समस्या आएपछि हालसम्म स्थानिय सरकारले मर्मत गरेर सुचारु गर्ने चासो देखाएन।
राज्यकोषको पैसो खर्चिएर खरिद गरेका सार्वजनिक सम्पत्तिहरु अल्पत्र अवस्थामा छोडेर स्थानिय सरकार रुन्टिगढी गाउँपालिकाले अनियमितताको पराकाष्ठा प्रदर्शन गरिरहेको छ।
हाल पर्यटकियस्थलको सूचना बोर्डमा फोहोरदानीले घेरिएको छ।