ताजा अपडेट

होलेरीको जेष्ठ नागरिक मिलन केन्द्र: ५ बर्षसम्म पनि जेष्ठ नागरिकहरुकै लागि ताला खुलेन

होलेरी- रोल्पाको होलेरीमा निर्मित जेष्ठ नागरिक मिलन केन्द्र प्रयोग बिहिन बनेको छ।
होलेरी आसपासका जेष्ठ नागरिकहरु समय-समयमा जम्मा भएर शुखदु:ख साटासाट गर्ने,सत्संग गर्ने उद्देश्यका शाथ स्थानीय सरकार रुन्टिगढी गाउँपालिकाले २०७५ शालमा जेष्ठ नागरिक मिलन केन्द्र निर्माण गरेको थियो।

होलेरीबाट दहबन जाने सडकखण्डको दोस्रो मोडनेर होलेरीमा निर्माण गरिएको जेष्ठ नागरिक मिलम केन्द्र जुन प्रयोजनका लागि तयार गरिएको हो त्यो उद्देश्य पुरा गर्न स्थानीय सरकार रुन्टिगढी गाउँपालिकाले चासो नदेखाएको जेष्ठ नागरिकहरुको गुनासो रहेको छ।

स्थानिय सरकारको ५ लाख बढी लगानीमा एकतले घर र सौचालय निर्माण गरिएको अहिले ५ बर्ष बित्यो।निर्माण भए यता उक्त मिलन केन्द्रको गेटमा निरन्तर ताल्चा लगाइएको छ।

अन्य संघसंस्थाले फाट्टफुट्ट रुपमा कार्यक्रम गर्दा प्रयोजन गरेपनि जेष्ठ नागरिकहरुका लागि निर्माण गरिएको मिलन केन्द्रको भवन जेष्ठ नागरिकहरुले प्रयोग गर्न पाएका छैनन्।

भवन निर्माण सम्पन्न भएपछि उनीहरुलाई मनोरञ्जन गर्न आवश्यक पर्ने बाध्यबादन सामाग्री,टेलिभिजन लगाएतका उपकरणहरु समेत खरिद गरिएको छ।तर सबै प्रयोग बिहिननै बनिरहेका छन्।

मिलन केन्द्र स्थापना भएपछि एकपटक मात्रै आफूहरू सहभागी भएको र त्यसपछि मिलन केन्द्र जाने वातावरण नमिलेको स्थानिय अगुवा जेष्ठ नागरिक ७८ बर्षिय कृष्णबहादुर चन्दले दुखेसो पोखे।

जेष्ठ नागरिकहरुको सम्मानका लागि स्थानिय सरकारले मिलन केन्द्र बनाएको थियो।शुरुमा खुसी लागेको थियो।वरिपरिका जेष्ठ नागरिकहरु भेला भएर शुखदु:ख साट्ने,नाचगान गर्ने,मन हलुका बनाउने र मनोरञ्जन गर्ने एउटा साझा चौतारी जस्तो थलो बन्यो भन्ने लाग्थ्यो तर मिलन केन्द्र निर्माण सम्पन्न भएपछि एकपटकको छलफलमा हामिलाई बोलाइयो।त्यसपछि जुट्ने बाताबरण र अवसर पाइएन-चन्दले भने।पुरुषहरुका शाथशाथै महिला जेष्ठ नागरिकहरुको लागि समेत छुट्टै संरचना निर्माण गरिदिएर स्थानिय सरकारले सत्संग गर्ने ब्यबस्था मिलाइदिनु पर्ने चन्दको भनाई रहेको छ।

चन्द जस्तै होलेरी क्षेत्रका अन्य जेष्ठ नागरिकहरु पनि आफूहरूका लागि निर्मित मिलन केन्द्रको ढोका खुल्ने प्रतीक्षामा रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस