ताजा अपडेट

तुलसीपुर उपमहानगरका मेयर टिकाराम खड्काले सम्पन्न गराए आफ्ना छोराबुहारीको जनवादी बिबाह

दाङ-तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले आफ्ना छोरा बुहारीको जनवादी बिबाह सम्पन्न गराएका छन्।
सामान्य अर्थबाट बिबाह भनेपछि भव्य भोज,बाजागाजा,पहिरन,गरहना,ठुलो संख्यामा उपस्तिथि हाम्रो मानसपटलमा आउँछ।बहालवाला मेयरको छोरा बुहारीको बिबाह सामान्य तरिकाले सम्पन्न हुँदा यतिबेला चर्चा चुलिन थालेको छ।

मेयर खड्काले सनिवार सामाजिक सञ्जाल फेशबूक मार्फत यो बर्ष आफ्ना दुई छोरा-बुहारीको बिबाह जनवादी तरिकाले सम्पन्न गरेको सार्वजनिक गरेका छन्।

सुकुम्बासीका रुपमा सामान्य जिबन बिताउँदै आएका मेयर खड्काले आफ्नो योजना अनुसार बिबाह सम्पन्न गर्न शाथ दिएकोमा धन्यवाद समेत दिएका छन्।
मेयर खड्का आफूले पनि तत्कालीन समयमा सामान्य तरिकाले जनवादी बिबाह गरेको बताएका छन्।

पुजीवादी र रुढीबादी तरिकाले बिबाह गर्ने संस्कार परिबर्तन गर्नु पर्ने उनको तर्क रहेको छ।

मेयर खड्का लेख्छन्

प्रतिक्रिया दिनुहोस