काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार सचिवालय गठन गरेको छ । रास्वपाको जलेश्वरमा बसेको संसदीय दलको बैठकले १२ सदस्यीय पदाधिकारी गठन गरेको छ।
रास्वपाले स्वर्णिम वाग्लेलाई उपसभापति, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्रीको जिम्मेवारी दिएको हो।कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषध्यक्षमा दीपक बोहोरालाई जिम्मेवारी दिइएको छ।
पदाधिका नामावली
१. सभापति – रवि लामिछाने
२. उपसभापति – डीपी अर्याल
३. उपसभापति – डा. स्वर्णिम वाग्ले
४. महामन्त्री – डा. मुकुल ढकाल
५. सहमहामन्त्री – कबिन्द्र बुर्लाकोटी
६. सहमहामन्त्री – सुमना श्रेष्ठ
७. सहमहामन्त्री – विपिन आचार्य
८. संसदीय दलको उपनेता – विराजभक्त श्रेष्ठ
९. प्रमुख सचेतक – सन्तोष परियार
१०. कोषाध्यक्ष – लिमा अधिकारी
११. सहकोषाध्यक्ष – बसु माया तामाङ
१२. सहकोषाध्यक्ष – दीपक बोहोरा