ताजा अपडेट

प्रधानमन्त्रीको रोल्पा भ्रमण:राजनैतिक स्वार्थ मात्रै, शहिदमार्ग र एयरपोर्टको सम्बोधन भएन

रोल्पा- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को रोल्पा भ्रमण राजनैतिक स्वार्थ र भाषणमा मात्रै सिमित रहन पुग्यो।

रोल्पा त्यो भुमि हो जहाँबाट तत्कालीन माओवादी १० बर्षे जनयुद्धको शुरूवात भएको थियो।त्यहि जनयुद्धका सर्वोच्च कमान्डर हालका प्रधानमन्त्री प्रचण्ड रहेका थिए।

रोल्पाका बिभिन्न ठाउँहरुमा प्रचण्डले शरण लिएर बर्षौँसम्म बसेका पनि थिए।२०५२ शाल फागुन १ गते रोल्पाको होलेरी स्थित रहेको तत्कालीन प्रहरी चौकि आक्रमण गरेर माओवादीले देशभर द्वन्द्वको घोषणा गरेको थियो।

त्यहिबाट शुरु भएको शस्त्र द्वन्द लगातार दश बर्षसम्म चलेको थियो।रोल्पा प्रचण्ड र माओवादीले बिर्शन नसक्ने ऐतिहासिक भुमिक रुपमा चिनिन्छ।

तत्कालीन दश बर्षे द्वन्दमै रोल्पाका हजारौं शहिद बन्न पुगे।सयौं अंगभंग र बेपत्ता बने।त्यहि माओवादी जनयुद्धको बलमा मुलुकमा गणतन्त्र सहित संघियता पनि आयो।

२०६२/०६३ को बृहत शान्ति सम्झौतापछि रोल्पाका जनताले निरन्तर माओवादी नेताहरुलाई नै निर्वाचित गराइरहेका छन्।एकपटकको चुनावमा अध्यक्ष प्रचण्ड समेत रोल्पाबाटै निर्वाचित बनेका थिए।

धेरै जसो माओवादी नेताहरूको जिबनस्तर र पदिय जिम्मेवारीमा कायापलट भएको छ।तर माओवादीको आधार ईलाका रोल्पा जिल्लाले भने बिकासमा गति लिन सकिरहेको छैन।

पटकपटक सत्ताको स्वाद लिएको माओवादीको नेतृत्वमै बर्तमान सरकार बनेको छ।माओवादी अध्यक्ष एवं प्रधानमन्त्री दाहाल बर्षौँपछि रोल्पा आउँने भएपछि छाँया मुनि परेका केहि बिकासका पुर्वाधारहरुबारे सम्बोधन गर्छन् कि भन्ने स्थानिय सर्वसाधारणहरुको अपेक्षा थियो।

तर प्रधानमन्त्री दाहालले सानातिना योजना मात्रै होईन राष्ट्रिय गौरवका अल्पत्र आयोजना मध्ये घोराही-होलेरी हुँदै रुकुम पुर्व जोड्ने तत्कालीन समयमा आफ्नै माओवादीलेनै बनाउन शुरु गरेको जिर्ण शहिदमार्ग र ३ दशक देखि अल्पत्र अवस्थामा रहेको बडाचौर एयरपोर्टको नामै लिएनन्।

दाहाल पार्टीको कार्यक्रम माओवादी विशेष रुपान्तरण अभियान कार्यक्रमलाई सम्बोधन गर्न शुक्रवार रोल्पा सदरमुकाम लिवाङ आएका हुन्।

त्यसो त उनि सरकार प्रमुख पनि रहेकै बेला रोल्पाको दीर्घकालीन समस्यालाई समाधान गर्ने गरि कुनै योजनालाई सम्बोधन गर्छन् कि भन्ने जनअपेक्षा रहेको थियो।

प्रधानमन्त्री दाहाल हेलिकप्टर मार्फत रोल्पा आएर राजनैतिक भाषण गरे।रोल्पा अस्पतालको नव निर्मित भवन उद्घाटन गरे।थबाङ पुलको उद्घाटन गर्न भ्याए।रोल्पा र रोल्पालीको दु:ख,पिडा,समस्या समाधानतर्फ उनको ध्यान केन्द्रित हुन सकेन।

प्रतिक्रिया दिनुहोस