ताजा अपडेट

जाजरकोट र रुकुममा भुकम्पले ३५ हजार परिवार बासविहीन

काठमाडौं- जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको भूकम्पले ३५ हजार परिवारलाई बासविहीन बनाएको छरु।

जाजरकोट र रुकुम पश्चिमलगायत १३ जिल्लामा १७ हजार ७ सय ९२ घर पूर्ण रूपमा भत्किएको प्रारम्भिक विवरण सार्वजनिक भएको हो । त्यस्तै १७ हजार ५ सय २९ कच्ची घर चर्किएकाले बस्न नमिल्ने अवस्थामा रहेको जनप्रतिनिधिहरुले बताएका छन ।

सबैभन्दा बढी घर रुकुम पश्चिममा भत्किएका छन रु। सो जिल्लामा १६ हजार ५ सय ७० घर पूर्ण रूपमा र ९ हजार ९ सय ६१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्न। त्यस्तै जाजरकोटमा १ हजार १ सय ७० घर पूर्ण रूपमा र ७ हजार १ सय ६६ घर आंशिक रूपमा भत्किएका छन । सबैभन्दा बढी मानवीय क्षति भने जाजरकोटमा भएको छरु। भूकम्पबाट १ सय ५७ जनाको मृत्यु भएकामा १ सय ५ जना जाजरकोटका छन रु।१ सय ३३ जना घाइते भएका छनरु।

त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १ सय ९७ जना घाइते छनरु। भूकम्पको धक्काले रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्यूठान र अछाममा समेत असर गरेको छ । 

प्रतिक्रिया दिनुहोस