ताजा अपडेट

नेपाललाई सहयोग गर्न तयार छौँ : अमेरिकी दूतावास

काठमाडौँ- जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी मानवीय क्षति भएकोप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ । राजदूतावासले सामाजिक सञ्जालमा पोस्ट गर्दै भूकम्पमा परी ज्यान गुमाएको खबरप्रति दुःख व्यक्त गरेको हो । दूतावासले यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस