काठमान्डौं- सरकारले भुकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुममा निशुल्क टेलीफोन सेवा उपलब्ध गराउने भएको छ।
सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको आह्वानमा मन्त्रालयमा सनिवार बसेको बैठकले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि निशुल्क व्यवस्था गर्ने निर्णय गरेको सञ्चार मन्त्रालयका प्रेस सल्लाहकार नरेन्द्र के.सी.ले जानकारी दिनुभएको छ।